ललितपुर, २७ मङ्सिर । यातायात व्यवस्था विभाग, वाग्मती अञ्चल कार्यलयले विदेशमा बनेका दैनिक झन्डै ६० चालक अनुमतिपत्रलाई नेपालीकरण गरिरहेको छ ।
कार्यलयले अनुमतिपत्र अर्थात् ‘स्मार्ट कार्ड’ दिन थालेसँगै अरु मुलुकमा बनेका चालक अनुमतिपत्र नेपालीकरण गर्न थालिएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “हस्तलिखित कार्ड भने दूतावासले प्रमाणीकरण गरेपछि मात्रै हामी काम गर्न सक्छौँ ।” विदेशमा बनेका स्मार्ट कार्ड दूतावासबाट सिफारिस गरे पुग्छ भने हस्तलिखित कार्ड प्रमाणीकरण गर्नुपर्छ ।
विदेशमा बसोवास गरेर आएका नेपालीसँगै नेपालमा बसोबास गरिरहेका विदेशीलाई स्मार्ट कार्ड नेपालीकरण हुने भएपछि सहज भएको छ । विदेशमा चालक अनुमतिपत्र बनाएका नेपालीले बसोबासको कारण निवेदनमा खुलाउनुपर्छ । उहाँ भन्नुहुन्छ, “यी–यी देशमा बनेका स्मार्ट कार्डलाई नेपालीकरण गर्ने भनेर सरकारले निर्णय गरेमा सेवाग्राहीले दूतावास समेत जानुपर्ने थिएन ।”
कार्यालयले गत चैतदेखि चालक स्मार्ट कार्ड दिन थालेको हो । नयाँ र नवीकरण भएका कार्ड दुवै स्मार्ट कार्ड नै वितरण भइरहेको छ । सात महिनामा कार्यालयले एक लाखभन्दा बढी स्मार्ट कार्ड वितरण गरिसकेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे