काठमाडौँ, २६ मङ्सिर । चीन सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्यका लागि रु १५ अर्ब ८० करोड अनुदान सहयोग गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले सहयोग गरेको उक्त रकम स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताउनुभयो ।
बजार तथा आपूर्ति व्यवस्थापनको कामको निरीक्षण तथा अनुगमन अन्य कार्यालयका कर्मचारीले पनि गरेको सन्दर्भमा बैठकले वाणिज्य मन्त्रालयअन्तर्गतका अधिकृतले गर्ने तथा खटाउन सक्ने निर्णय गरेको छ ।
बैठकले सहसचिव सुरज पोखरेललाई सरकारको सचिवमा पदोन्नति गर्नुका साथै मन्त्रीहरुबाट प्राप्त सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो ।
सरकारले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा डा दिनेशचन्द्र पोखरेललाई पदोन्नति गर्नुका साथै निर्वाचन कसुर सजायसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गराउने निर्णय गरेको छ । स्थानीय निकायको निर्वाचनसम्बन्धी विधेयक यसअघि नै सरकारले दर्ता गराइसकेको छ ।
बैठकले राजनीतिक पूर्वाग्रह, द्वन्द्व र आन्दोलनका क्रममा राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएका शिक्षक, कर्मचारीको सम्बन्धमा जाँचबुझ गर्न पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ । समिति सदस्यमा महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता रेवती शिवाकोटी र शिक्षा विभागका निर्देशक अणप्रसाद न्यौपाने रहनुभएको छ ।
त्यस्तै, डा गोविन्द केसीसँग भएका सबै सहमतिको अध्ययन गर्न, सरकारले स्वामित्व लिन र कार्यान्वयन गर्नका लागि कार्यविधि बनाउन सोसम्बन्धी प्रस्ताव विधेयक समितिमा पठाउने निर्णय गरेको पनि मन्त्री कार्कीले बताउनुभयो ।
नेपालको सिमराको हवाई रुट निकै व्यस्त हुन थालेपछि सरकारले त्यस अतिरिक्त पनि रुट खोल्नका लागि कुरा गर्न एक प्रतिनिधिमण्डल भारत पठाउने निर्णय पनि गरेको छ ।
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा जम्यो नेपथ्य
इरानको आक्रमणबाट दुबईमा एक जना नेपालीको मृत्यु
इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो