काठमाडौं। सरकारले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एशियाली खेलकुद प्रतियोगितामा कास्य पदक जित्ने खेलाडी बिमला तामाङलाई १० लाख नगद सहित प्रमाण पत्रले सम्मानित गरेको छ।
शुक्रवार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले तामाङलाई सम्मान गरे। सम्मान समारोहमा प्रधानमन्त्री कोइरालाले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गरी स्वर्ण पदक प्राप्त गर्न तामाङलाई शुभकामना दिए ।
कार्यक्रममा पदक विजेता तामाङले १८ औं एशियाडमा स्वर्ण जित्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा कराते महासंघका अध्यक्ष सुरेन्द्रविक्रम लाखे र खेलाडी तामाङका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि दोसल्ला ओढाएर सम्मानित गरियो।
तामाङले सितेरियो करातेमा एकल कातातर्फ कास्यपदक जितेकी थिइन्। एशियाली खेलमा कास्यपदक विजेतालाई सरकारले १० लाख रुपैयाँको पुरस्कार र कदर पत्र दिने व्यवस्था गरेको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा