काठमाडौं। सरकारले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एशियाली खेलकुद प्रतियोगितामा कास्य पदक जित्ने खेलाडी बिमला तामाङलाई १० लाख नगद सहित प्रमाण पत्रले सम्मानित गरेको छ।
शुक्रवार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले तामाङलाई सम्मान गरे। सम्मान समारोहमा प्रधानमन्त्री कोइरालाले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गरी स्वर्ण पदक प्राप्त गर्न तामाङलाई शुभकामना दिए ।
कार्यक्रममा पदक विजेता तामाङले १८ औं एशियाडमा स्वर्ण जित्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा कराते महासंघका अध्यक्ष सुरेन्द्रविक्रम लाखे र खेलाडी तामाङका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि दोसल्ला ओढाएर सम्मानित गरियो।
तामाङले सितेरियो करातेमा एकल कातातर्फ कास्यपदक जितेकी थिइन्। एशियाली खेलमा कास्यपदक विजेतालाई सरकारले १० लाख रुपैयाँको पुरस्कार र कदर पत्र दिने व्यवस्था गरेको छ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ