काठमाडौँ, २५ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्नेे निष्कर्ष निकालेको छ ।
बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा आज बसेको मोर्चाको बैठकले संशोधन प्रस्ताव छलफल र सहमतिका आधारमा पारित गर्ने निर्णय गरेको हो ।
सरकारले संशोधन प्रस्तावलाई सहमतिका आधारमा अघि बढाएको खण्डमा मोर्चाले सहयोग गर्ने निर्णय गरेको मोर्चाको एकघटक मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले राससलाई जानकारी दिनुभयो ।
मोर्चाले संशोधनका विषयलाई लिएर नेकपा (एमाले)ले देशमा वितन्डा मच्चाउनु लोकतन्त्र र सङ्घीय अभ्यासको बर्खिलाप भएको ठहर पनि गरेको छ ।
संशोधनका विरुद्ध अहिले चलिरहेको आन्दोलन उत्पीडित जनतालाई अधिकार नदिनका लागि चलाइएको वितण्डा भन्दै मोर्चाले सोको निन्दा गरेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता