
प्रधानमन्त्री पुष्पकमल दाहालले दाङको सिसहनिया महादेव पुलको बुधबार शिलान्यासपछि सम्बोधन गर्नुहुँदै । रु ९२ करोडको लागतमा बन्न लागेको उक्त पुलको निर्माण कार्य चार वर्षमा सकिने लक्ष्य रहेको छ । तस्वीर ः बालाराम खड्का, दाङ, रासस
भीमदत्तनगर, २२ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह र पुल निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु गरिने बताउनुभएको छ ।
आज दाङ र धनगढी हुँदै कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री दाहालले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर सुख्खा बन्दरगाहको निर्माण सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पुल निर्माणबारे भारतीय प्रधानमन्त्रीसँग आफूले कुरा गरिसकेको बताउनुभयो ।
सुदूरपश्चिम भेगमा औद्योगिक क्षेत्र विस्तारका लागि सरकार जुटिरहेको पनि उहाँले बताउनुभयो । उहाँले सुदूरपश्चिममा शिक्षा, स्वास्थ्य लगायतका जनसरोकारका विषयमा सरकार गम्भीर रहेको र त्यसका लागि सक्दो पहल गर्ने आश्वासन दिनुभयो ।
महाकालीपारिको दोधारा–चाँदनी नगरपालिका–७ मा निर्माणका लागि प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको स्थलगत निरीक्षणपछि प्रधानमन्त्री दाहाल आजै साँझ धनगढी फर्किनुभएको छ । उहाँसँगै नेकपा (माओवादी केन्द्र)का नेताद्वय शक्ति वस्नेत र लेखराज भट्ट हुनुहुन्थ्यो ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा