
प्रधानमन्त्री पुष्पकमल दाहालले दाङको सिसहनिया महादेव पुलको बुधबार शिलान्यासपछि सम्बोधन गर्नुहुँदै । रु ९२ करोडको लागतमा बन्न लागेको उक्त पुलको निर्माण कार्य चार वर्षमा सकिने लक्ष्य रहेको छ । तस्वीर ः बालाराम खड्का, दाङ, रासस
भीमदत्तनगर, २२ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह र पुल निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु गरिने बताउनुभएको छ ।
आज दाङ र धनगढी हुँदै कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री दाहालले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर सुख्खा बन्दरगाहको निर्माण सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पुल निर्माणबारे भारतीय प्रधानमन्त्रीसँग आफूले कुरा गरिसकेको बताउनुभयो ।
सुदूरपश्चिम भेगमा औद्योगिक क्षेत्र विस्तारका लागि सरकार जुटिरहेको पनि उहाँले बताउनुभयो । उहाँले सुदूरपश्चिममा शिक्षा, स्वास्थ्य लगायतका जनसरोकारका विषयमा सरकार गम्भीर रहेको र त्यसका लागि सक्दो पहल गर्ने आश्वासन दिनुभयो ।
महाकालीपारिको दोधारा–चाँदनी नगरपालिका–७ मा निर्माणका लागि प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको स्थलगत निरीक्षणपछि प्रधानमन्त्री दाहाल आजै साँझ धनगढी फर्किनुभएको छ । उहाँसँगै नेकपा (माओवादी केन्द्र)का नेताद्वय शक्ति वस्नेत र लेखराज भट्ट हुनुहुन्थ्यो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा