काठमाडौँ, २१ मङ्सिर । सन् २०१५ मा विश्वमा हरेक एक सय १३ जनामध्ये एकजना शरणार्थी, शरण खोज्ने वा विस्थापित हुने अवस्थामा पुगेको आज यहाँ सार्वजनिक गरिएको यस वर्षको विश्व विपद् प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अन्य देशमा जस्तै आज नेपालमा पनि एक कार्यक्रमबीच सार्वजनिक गरिएको विश्व विपद् प्रतिवेदन २०१६ मा विपद्पूर्व तयारीमा थप लगानी गर्न विश्वलाई आह्वान गरिएको छ । सो वर्ष हालसम्मकै सबैभन्दा बढी तापक्रम भएको तातो वर्षका रुपमा रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख म्याक्स स्यान्टनर र नेपाल सरकार गृह मन्त्रालयका सहसचिव कृष्ण राउतले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
यस वर्षको प्रतिवेदनले उत्थानशीलतालाई जोड दिएको छ भने नेपालमा सञ्चालित विपद्पूर्व तयारी गतिविधिको झल्को पनि विश्व प्रतिवेदनमा राखिएको छ ।
विश्व विपद् प्रतिवेदनका अनुसार ६ करोड ५३ लाख मानिस सन् २०१५ को वर्षमा अन्य देशमा विस्थापित भएका छन् भने चार करोडभन्दा बढी मानिस आफ्नै देशभित्र सङ्घर्ष तथा हिंसाका कारण स्थानान्तरण हुन पुगेका छन् ।
प्रतिवेदन सार्वजनिकका क्रममा नेपालमा गत भूकम्पपश्चात् १८ महिनाको अवधिमा गरिएका भूकम्प पुनः लाभका गतिविधिका विषयमा भूकम्प पुनः लाभ कार्यक्रम प्रमुख उमेश ढकाल र विश्व विपद् प्रतिवेदनका विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख म्याक्स स्यान्टनरले प्रस्तुतीकरण गर्नुभएको थियो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय