काठमाडौँ, २१ मङ्सिर । धितोपत्र बजारमा नेप्से परिसूचक आज उकालो लागेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ९.९१ प्रतिशतले उकालो लागेको छ । कुल १३६ कम्पनीको नौ लाख ४० हजार ४२१ कित्ता सेयर रु ७७ करोड १८ लाख १९ हजार ३०१ मूल्य बराबरको सेयर कारोबार भएको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने आज घटेको छ ।
बजार खुल्नेबित्तिकै एक हजार ५४४ बिन्दुमा रहेको नेप्से उतारचढाव भई एक हजार ५५४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.७१ प्रतिशतले बढेको छ । जलविद्युत् समूहको सेयर ओरालो लाग्दा अन्य समूहको सेयर भने उकालो लागेको छ । बैंकिङ ०.४१, होटल २.७३, विकास बैंक ०.१४, फाइनान्स ०.७३, बिमा २.४५, उत्पादन ०.११ र अन्य समूह ०.०८ प्रतिशतले बढेको छ ।
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त