
उत्तरी धादिङको खहरेमा रहेको अचने उच्चमाविको वार्षिकोत्सब कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्बिर ः सिताराम अधिकारी, धादिङ, रासस
मलेखु (धादिङ), २० मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी १४ महिनाभित्र नेपालमा तीनवटा निर्वाचन गरी संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
उत्तरी धादिङको खहरेस्थित अचने उच्चमाविको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन गर्न स्थानीय, प्रदेश र सङ्घको निर्वाचन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।
समृद्ध नेपाल निर्माण अहिलेको मुख्य एजेण्डा भएकाले पार्टीगत स्वार्थभन्दा माथि उठेर दलीय सहमतिमा देशलाई निकास दिन राजनीतिक दलहरूलाई उपराष्ट्रपति पुनले आग्रह गर्नुभयो ।
गत वर्षको भूकम्पबाट धादिङ जिल्ला ध्वस्त भएकाले पुनःनिर्माणमा जोड दिँदै यस वर्षभित्र सबै नागरिकको घर बनाउने व्यवस्था गर्नका लागि जिल्लास्थित सम्बन्धित निकायलाई आग्रहसमेत गर्नुभयो ।
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा