काठमाडौँ, २० मङ्सिर । काठमाडौँको थानकोटस्थित चन्द्रागिरि डाँडामा सञ्चालनमा रहेको केबुलकार र त्यस क्षेत्रको पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गराउन आज पर्यटन पत्रकारहरुले स्थलगत अवलोकन भ्रमण गरेका छन् ।
सो अवसरमा राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) को नेतृत्वमा विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब ४० जना पर्यटक पत्रकारको सहभागिता थियो ।
समुन्द्र सतहबाट दुई हजार ५४० मिटर अग्लो स्थानमा रहेको चन्द्रागिरिबाट राजधानी उपत्यका र उत्तरतर्फ लहरै हिमशृङ्खलाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । करिब १० मिनेटको केबुलकारको यात्राबाट चन्द्रागिरि डाँडामा पुग्न सकिन्छ ।
चन्द्रागिरि हिल्स लिमिटेडले निर्माण गरेको केबुलकार निर्माण गरेपछि राजधानीबाट केबुलकार यात्रासँगै प्रकृतिसँग रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकका लागि नयाँ गन्तव्यस्थल बनेको छ ।
घुमफिर वर्षको सन्दर्भमा राजधानीको निस्सासिँदो कोलाहल र तनावबाट पर्यटन विधामा कलम चलाउने पत्रकारहरुलाई मुक्त गराउन तथा नयाँ पर्यटकीय सम्पदाका बारेमा जानकारी दिलाउने उद्देश्यले अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिएको नाटोजका अध्यक्ष शिव अधिकारीले बताउनुभयो ।
ठमेल पर्यटन परिषद्का अध्यक्ष रामशरण थपलियाले पर्यटन प्रवद्र्धनमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतोले श्रमजीवि पत्रकारहरुको न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन महासङ्घले कानुनी उपचारका लागि अलग्गै डेस्क स्थापना गरेको जानकारी दिनुभयो ।
पर्यटन व्यवसायी छुडुप तामाङले पर्यटन पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सकिएमा मात्र देशको पर्यटन विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]