काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलको सहमति, सहकार्य र समझदारीका माध्यमबाट नेपालको संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।
अमेरिकी राजदूत अलाइन टेप्लिजसित प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको शिष्टाचार भेटका क्रममा उहाँले आफ्नो नेतृत्वको सरकार गम्भीर रुपमा सहमतिका लागि दलसितको वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइरहेको छ भन्नुभयो ।
प्रधानमन्त्री दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका प्रतिवेदनका आधारमा सङ्क्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताउनुभयो । भर्खर अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन र त्यहाँ रहेका नेपाली समुदायको भविष्यका बारेमा पनि उहाँले चासो राख्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सो अवसरमा राजदूत टेप्लिजले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेकामा सन्तोष व्यक्त गर्दै अमेरिका सधैँ नेपालको शान्ति, र प्रगतिको पक्षमा रहेको स्पष्ट गर्नुभयो । “अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामले नेपाल र नेपालीलाई कुनै नकारात्मक असर पर्दैन” उहाँले भन्नुभयो ।
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]