
बुटवल ५ नम्बर प्रदेशबाट तराई र पहाडलाई अलग नगर्न माग गर्दै नागरिक अगुवाहरुले बुटवलमा निकालेको विरोध जुलुस ।
तम्घास (गुल्मी), १८ मङ्सिर । प्रदेश टुक्राउन लागेको विरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौँथो दिन आज आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।
बन्दको अवज्ञा गरी सवारीसाधन सञ्चालन गरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासस्थित क्याम्पस रोडमा लु ९ प ४३३३ न ंको मोटरसाइकल तोडफोड गरेका छन् भने पाँचवटा नियन्त्रणमा लिएका छन् ।
पाँच नं प्रदेश टुक्राउने गरी सरकाले संसद्मा पेस गरेको संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग राखी गुल्मी बन्दको घोषणासहित आन्दोलनमा उत्रिएका जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, सङ्घ सस्था, नागरिक समाज, उद्योगी तथा व्यापारी, विद्यार्थी सङ्घ सङ्गठनले आज पनि जिल्लामा विरोध प्रदर्शन गरिराखेका छन् ।
संयुक्त आन्दोलन सङ्घर्ष समितिले आयोजना गरेको अनिश्चितकालीन गुल्मी बन्दका कारण जिल्लाका सम्पूर्ण बजार तथा सवारी साधन ठप्प भएका छन् । यातायातका सवारी साधन ठप्प भएपछि सेवाग्राही र अन्य सर्वसाधारणलाई सदरमुकाम तम्घास आवतजावत गर्न निकै समस्या परेको छ ।
अर्घाखाँची बन्दले जनजीवन कष्टकर
अर्घाखाँची, १८ मङ्सिर । पहाडी जिल्लालाई ५ नं प्रदेशबाट हटाउने गरी संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्धमा चार दिनदेखि गरिएको अर्घाखाँची बन्दले जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बुधबारदेखि सुरु गरिएको अनिश्चितकालीन बन्दका कारण शैक्षिक संस्था, बजार, कलकारखाना तथा यातायातका साधन पूर्णरुपमा ठप्प रहेका छन् । घर र बेँसीको सम्बन्ध रहेको पहाड र तराईलाई छुट्याउने योजनाका साथ संशोधन प्रस्ताव ल्याइएको भन्दै दिनहँु सदरमुकाम सन्धिखर्कमा विरोध प्रदर्शन नाराबाजी र प्रदर्शन हुने गरेको छ ।
स्वतःस्फूर्त रुपमा युवा, विद्यार्थीदेखि सर्वसाधारण सडकमा उत्रिएका छन् । आन्दोलनमा यातायात व्यवसायी तथा व्यापारी सबैको ऐक्यबद्धता र सहभागिता रहेको संयुक्त आन्दोलन सङ्घर्ष समितिका संयोजक विष्णुप्रसाद खनालले बताउनुभयो ।
जिल्लाका विद्यालयमा सञ्चालन गरिएको अर्धवार्षिक परीक्षा पनि शुक्रबारदेखि बन्द रहेको जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले जानकारी दिनुभयो ।
रामपुर (पाल्पा), १८ मङ्सिर । पाँच नम्बर प्रदेशबाट पाल्पालाई टुक्र्याइएको विरोधमा पाल्पामा जारी बन्दले यहाँको जनजीवन कष्टकर भएको छ ।
आज सदरमुकाम तानसेनमा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले थप दुई दिनका लागि जिल्ला बन्दको आह्वान गरेको छ ।
बैठकले प्रदेश टुक्र्याउने संसदमा दर्ता गरेको प्रस्तावविरुद्ध मङ्सिर २० गते जन प्रदर्शन गर्ने, आन्दोलन व्यवस्थितरुपमा सञ्चालन गर्न जिल्लाका क्रियाशील राजनितिक पार्टीका प्रमुख, नागरिक समाजका अगुवा र उद्योग वाणिज्य सङघका अध्यक्षको संयोजकत्वमा संयुक्त सङ्घर्ष समितिसमेत गठन गरेको छ ।
सङ्घर्ष समितिले तानसेनमा आज पनि विरोध प्रदर्शन गरेको थियो । कोणसभालाई नेपाली काँगे्रसका जिल्ला सचिव झपेन्द्र गैरे, नेकपा (एमाले)का जिला सचिव ओमबहादुर थापा, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर थापालगायतले पाल्पालगायत पहाडी जिल्ला रुकुम, रोल्पा, अर्घाखाँची, गुल्मी र प्युठानलाई पाँच नम्बर प्रदेशबाट टुक्र्याउन नहुनेमा जोड दिनुभएको थियो ।
सरकारले प्रदेश नम्बर पाँचबाट पाल्पालाई अलग्याएर प्रदेश नम्बर चारमा राखेको विरोधमा शुक्रबारदेखि जिल्लामा आन्दोलन चर्किएको हो । बन्दका कारण कलकारखाना, बजार, पसल, उद्योग ठप्प हुँदा दैनिक जनजीवन कष्टकर बन्दै गएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता