लन्डन । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले आइतबार एम्पायर हलमा एक च्यारिटी कार्यक्रम गरेको छ । बेलायतको रसमोर क्षेत्रमा शिव मन्दिर निर्माण सहयोगार्थ आयोजित उक्त च्यारिटी डिनरमा एकै दिन ५८ हजार पाउण्डको प्रतिवद्धता आएको सेन्टरले जनाएको छ । व्यवसायी रवि लामिछाने एक्लैले १२ हजार ५०० पाउण्ड दिने घोषणा गरेका थिए । ठूलो हृदय भएका लामिछानेले दुई साताअघिमात्र गोर्खाली समाज यूकेको च्यारिटी डिनरमा गोरखाका गरिव तथा असहाय बालबालिकाको शिक्षाका लागि २० लाख रुपैयां दिने घोषणा गरेका थिए ।
उक्त कार्यक्रम दूतावासका अट्याची तेजेन्द्र रेग्मी र मेयर ज्याकी भोस्पेरले उद्घाटन गरेका थिए । सेन्टरका ट्रष्टी रोहित गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा ट्रष्टी जीव बेल्वासेले स्वागत मन्तव्य दिए भने अध्यक्ष सुनित जैन र महासचिवले शिव मन्दिर निर्माणको उद्देश्य र योजनाबारे अवगत गराएका थिए । कार्यक्रममा एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, एनआरएनए सल्लाहकार विश्वआदर्श पण्डित, सूर्य उपाध्याय लगायतले शुभकामना दिए । सांस्कृतिक सचिव विक्रम भट्टराईले कार्यक्रम सफल बनाउन ठूलो योगदान दिएका थिए ।
तस्विरहरुः मिलन तमु
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा