लन्डन । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले आइतबार एम्पायर हलमा एक च्यारिटी कार्यक्रम गरेको छ । बेलायतको रसमोर क्षेत्रमा शिव मन्दिर निर्माण सहयोगार्थ आयोजित उक्त च्यारिटी डिनरमा एकै दिन ५८ हजार पाउण्डको प्रतिवद्धता आएको सेन्टरले जनाएको छ । व्यवसायी रवि लामिछाने एक्लैले १२ हजार ५०० पाउण्ड दिने घोषणा गरेका थिए । ठूलो हृदय भएका लामिछानेले दुई साताअघिमात्र गोर्खाली समाज यूकेको च्यारिटी डिनरमा गोरखाका गरिव तथा असहाय बालबालिकाको शिक्षाका लागि २० लाख रुपैयां दिने घोषणा गरेका थिए ।
उक्त कार्यक्रम दूतावासका अट्याची तेजेन्द्र रेग्मी र मेयर ज्याकी भोस्पेरले उद्घाटन गरेका थिए । सेन्टरका ट्रष्टी रोहित गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा ट्रष्टी जीव बेल्वासेले स्वागत मन्तव्य दिए भने अध्यक्ष सुनित जैन र महासचिवले शिव मन्दिर निर्माणको उद्देश्य र योजनाबारे अवगत गराएका थिए । कार्यक्रममा एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, एनआरएनए सल्लाहकार विश्वआदर्श पण्डित, सूर्य उपाध्याय लगायतले शुभकामना दिए । सांस्कृतिक सचिव विक्रम भट्टराईले कार्यक्रम सफल बनाउन ठूलो योगदान दिएका थिए ।
तस्विरहरुः मिलन तमु
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी