लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा दधि आचार्य सर्वसम्मत चयन भएका छन् । सोसाइटीको शनिबार अल्डरसटमा सम्पन्न पांचौ अधिवेशनले आचार्यको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । आचार्य यसअघि उपाध्यक्ष थिए ।
अधिवेशनले उपाध्यक्षमा एक बहादुर पुन र सञ्जिव गुरुङ, महासचिवमा भरत पौडेल, सचिवमा बिनोद पुरी र कोषाध्यक्षमा नेत्र आलेमगर चयन गरेको छ । कार्यसमितिका अन्य सदस्यहरुमा गम बहादुर गर्बुजा, भिम पूर्जा, अंग गर्बुजा, मेख तिलिजा, गंगा र्खोजा, बासुदेव पौडेल चयन भएका छन् । बांकी केही सदस्यको टुंग्गो पदाधिकारी बैठकले लगाउने आचार्यले जानकारी दिए ।
अधिवेशनको उद्घाटन अध्यक्ष नरजङ गुरुङ र संस्थापक हितकाज काजी गुरुङले संयुक्त रुपमा गरेका थिए । अधिवेशनमा गैर आवासीय नेपाली संघका यूरोप संयोजक कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पुरन गिरी, निर्वाचन समितिका संयोजक मान बहादुर गुरुङ, रस बहादुर गुरुङ, नारायणकोने गुरुङ, तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम गुरुङ लगायतले शुभकामना मन्तब्य दिएका थिए । सचिव हरि गुरुङले सञ्चालन गरेको उद्घाटन सत्रमा उपाध्यक्ष दधि आचार्यले स्वागत मन्तब्य दिएका थिए ।
अधिवेशनले कोषाध्यक्ष दिपक जोशी र अध्यक्ष नरजंग गुरुङद्धारा प्रस्तुत आर्थिक तथा वार्षिक प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ । सोही अवसरमा तुमधिं यूकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ लगायत पर्वत जिल्लाबाट तमुधिं यूकेमा प्रतिनिधित्व गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।
मानप्रसाद गुरुङ्को अध्यक्षतामा निर्वाचन समिति गठन गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । अधिवेशनमा विभिन्न संघसंस्थाका प्रतिनिधि र पर्वत जिल्लाको प्रतिनिधित्व गर्ने विभिन्न संस्थाका अध्यक्ष लगायत गन्यमान्यको उपस्थिति थियो ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह