डा केसीले वार्ता टोली बनाउँदै

डा गोविन्द केसी

डा गोविन्द केसी

काठमाडौँ, ११ मङ्सिर । अनसनरत चिकित्सक डा गोविन्द केसीको तर्फबाट सरकारसँग वार्ता गर्ने टोलीको टुङ्गो नलाग्दा सरकारी पक्ष र उहाँबीच आज वार्ता हुन सकेन ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा बसेका डा केसीसँग वार्ता गर्न सरकारले आजै शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवद्वय शान्तबहादुर श्रेष्ठ र डा सिनेन्द्रराज उप्रेतीलाई जिम्मा दिएको थियो ।

सरकारी वार्ता टोली आज साँझ अनसनस्थलमा गए पनि केसीको तर्फबाट वार्तामा बस्नेको टुङ्गो नलाग्दा औपचारिक वार्ता हुन नसकेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो ।

डा केसीसँग वार्ता गर्न शिक्षा स्वाथ्य सचिवलाई जिम्मा

सरकारले अनशनरत चिकित्सक डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनशनमा बसेका डा केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोली गठन गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा टोली गठन भएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो ।

सरकारले डा केसीका पूरा हुन सक्ने माग सम्बोधन गर्न तथा उहाँको जीवन रक्षाका लागि टोलीका तर्फबाट सक्दो प्रयास गर्ने स्वास्थ्य सचिव डा उप्रेतीले बताउनुभयो । केहीदिन अघि स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा केसीलाई भेटी समस्या समाधनका लागि वार्ता टोली बनाउने वचन दिनुभएको थियो ।

डा केसी अनशनमा रहनुभएको यो दसौँ शृङ्खला हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री