लन्डन । नेपाली व्यवसायीले सन् २०१२ देखि सञ्चालन गरिरहेको लन्डनस्थित एक्सेस फाइनान्सियल सर्भिसेस यूकेको नाम बेलायतकै अन्य दुई कम्पनीले दावी गरेका छन् ।
बेलायतका एक्सेस र एक्सेस इन्सुरेन्स नामका कम्पनीहरुले नेपालीको कम्पनीमाथि आंखा लगाउदै आर्थिक दावी गरेका थिए । बेलायतमा नेपालीले सञ्चालन गरेको कम्पनीलाई अरु कम्पनीले दावी गरेको सम्भवतः यो पहिलो घट्ना हो ।
सेवा तथा सम्पर्क कार्यालय विस्तारका साथै एक्सेस फाइनान्सियल सर्भिसेस यूकेलाई दरिलो बनाउन इन्टेलेक्चूअल प्रपर्टी अफिसमा आफ्नै ट्रेडमार्क दर्ता गराउन लागि परिरहेका बेला दुई कम्पनीले दावी विरोध सहित अब्जेक्सन दर्ता गरेका हुन् ।
नाम दावी भएपछि एक्सेस फाइनान्सियल सर्भिसेस यूकेले आफ्नो नयां नाम ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका नामबाट सेवाग्राहीलाई नियमित र थप गुणस्तरिय सेवा दिन थालिएको जनाएको छ । ए स्टार फाइनान्सियल सोलुसन्स् कम्पनी हाउस, आइपिओ तथा फाइनान्सियल कन्डक्ट अथोरिटीमा रजिष्टर्ड भइसकेकाले कम्पनीको नाम परिवर्तनका कारण सेवाग्राहीहरुलाई अन्यौलमा नपर्न एक्सेस फाइनान्सियल सर्भिसेस यूकेका प्रिन्सिपल तथा नेपाली मुलका पहिलो इण्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले आग्रह गरेका छन् । कम्पनीको ब्रान्डिङको सवालमा आफूहरुलाई केहि क्षति भए पनि सेवाग्राहीप्रति कम्पनीको सेवा, सद्भाव र सहयोगमा कुनै कमी नहुने दर्लामीले बताए ।
एक्सेस फाइनान्सियल सर्भिसेस यूकेले आफ्नो स्थापनाकालदेखि बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिसेजहरु प्रदान गरिरहेको थियो ।
एक्सेसले यस वर्षमात्र ३० मिलियन पाउण्ड भन्दा बढिको ब्यवसायिक आर्थिक कारोबारको व्यवस्थापन गरेको थियो ।
कम्पनीले गत वर्ष नेपाली भाषीलाई लक्षित गरि फानबोरो, ह्यारो, रेडिङ, प्लमस्टिड, आसफोर्ड, स्वीन्डन सहित विभिन्न स्थानमा बेलायतको फाइनान्सियल अवस्थाबारे जन चेतना कार्यक्रम सञ्चालन गरेको थियो जसमा फाइनान्सियल एडभाइजर, टयाक्स एडभाइजर, सोलिसिटर, फ्युनरल प्लानर, वील राइटरहरुले निशुल्क परामर्श दिएका थिए ।
जनचेतनाका साथसाथै एक्सेसले आफ्नो शाखा तथा सम्पर्क कार्यालय वेम्ली लन्डन, आसफोर्ड केन्ट तथा सरेमा समेत विस्तार गरेको छ ।
ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेमा इण्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामी सहित रमेश सराङकोटी तथा रविन श्रेष्ठ मोर्गेज तथा प्रोटेक्सन एडभाइजर र कुमार गुरुङ प्याराप्लानर अफिस म्यानेजरका रुपमा कार्यरत छन् ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा