
भृकुटीमण्डपमा बिहीबारदेखि सुरु पाँच दिने तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिताका क्रममा विभिन्न बाजागाजासहित आफ्नो भेषभूषामा सजिएर नगर परिक्रमा गर्दै थारु महिला । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ९ मङ्सिर । कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायिको माग पूरा गर्न नसकिने बताउनुभएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय माछा महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले छुट्टै मन्त्रालय स्थापना गर्न नसकिने बताउनुभएको हो । उक्त अवसरमा उहाँले माछापालन सम्बन्धि तीनवटा स्मारिकाको समेत विमोचन गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कृषि संयोजक दिलसुन्दर श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्ने मुख्य आधार मत्स्यपालन भएको बताउनुभयो । महोत्सवमा माछासँग सम्बन्धित उपकरण, दाना, औषधि, सरकारी तथा गैरसरकारी संस्था एवम् अन्य कृषिउपजका गरी ४० वटा कक्ष रहेका छन् ।
‘माछा खाऔँ हो साथी नियमित खानामा माछा खाऔँ’ साङ्गीतिक कार्यक्रमका बीच आजदेखि माछा महोत्सव सुरु भएको हो । मत्स्य व्यवसायी सङ्घले आयोजना गरेको उक्त महोत्सवमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर, र कमन, सिल्भर, विगहेड, र ग्रासकार्पलगायत विदेशी प्रजातिका जिउँदा माछाको बिक्री तथा माछाका विभिन्न परिकार खान पाइने छ । महोत्सवमा माछा नखानेलाई रु १०० र परिकारको स्वाद लिनेलाई रु २५० प्रवेश शुल्क तोकिएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता