लन्डन । शुक्रबार २४ नोभेम्बरदेखि नेपालमा देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र ‘पुरानो डुंगा’ आगामी महिना बेलायत समेत आउने भएको छ ।
यसअघि दश भन्दा बढि सिनेवर्ल्ड हलमा सफलतापूर्वक ‘गाजलु’ प्रदर्शन गरेको इन्टरनेशनल नेपलिज फिल्म एकेडेमी (इन्फा यूके) ले ‘पुरानो डुंगा’ बेलायत ल्याउन लागेको हो । डिसेम्बरमा ल्याउने तयारी भएपनि फिल्म प्रदर्शन हुने स्थान र मिति भने तय हुन बांकी छ ।
फिल्म प्रदर्शनका क्रममा उक्त फिल्मका मुख्य पात्रहरु नायक नायिका दयाहाङ राई र प्रियंका कार्की एवं निर्देशक रामबाबु गुरुङ समेत सहभागी हुने इन्फा यूकेका प्रशान्त थापाले जानकारी दिए । प्रियंका र दयाहाङ आवद्ध फिल्म ‘हयाप्पी डेज’ को यतिखेर बेलायतमै छायांकन भएकाले कलाकारहरु त्यही क्रममा प्रदर्शनमा समेत सहभागी हुनेछन् ।
फिल्म शो केबल मनोरन्जनका लागि मात्र नभएर नेपाली कला, संस्कृतिको संरक्षण र संवर्धन गर्नु पनि रहेको थापाले जनाए । उनले बेलायतवासी नेपालीलाई फिल्म हेरिदिएर यसको प्रवर्धन गर्न पनि आग्रह गरेका छन् ।
फिल्म हेर्न नायक दयाहाङको यस्तो अनुरोध छः
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक