
लन्डन । विगत लामो समय देखि आ–आफ्नै ढंगले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएका एक दर्जन भन्दा बढि सर्जक एभरेस्ट इन्टरटेन्मेन्ट एण्ड मेडिया हव अर्थात इ मेडिया हवमा आवद्ध भएका छन् ।
मनोरन्जन र मेडिया दुई मुलधारलाई आधार बनाएर समाजसेवा गर्ने इमेडिया हबको उद्देश्य छ । बेलायती नेपाली समाजमा सबै जातजातीलाई समेट्दै नेपाली मनोरञ्जनात्मक वातावरणको आवश्यकता महशुस गरि इमेडिया हबको जन्म भएको सिइओ इश्वर चाम्लिङले प्रेस मिटमा बताए ।
बेलायतको अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा गत २० नोभेम्बर आइतबार आयोजित शेयर होल्डर मिटिङ तथा प्रेस मिट कार्यक्रममा इ मेडिया हब लिमिटेडको बोर्ड अफ डाइरेक्टरहरुको चयन सहित वर्ष २०१६, १७ का लागि सिजन १ र सिजन २ का कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
बोर्ड अफ डाइरेक्टर्सको नेतृत्व चिफ एक्जुकेटिभ अफिसरमा ईश्वर चाम्लिङ चुनिएका छन् भने चिफ फाइनान्सियल अफिसरमा कृष्ण मेन्याङ्बो र मुकेश राई, चिफ अपरेटिङ अफिसरमा नवराज राई तथा किसन राई, चिफ एडमिनिस्ट्रेसन अफिसरमा किशोर पुन, चिफ मार्केटिङ अफिसरमा किरण चाम्लिङ र दिपक राई, चिफ मेडिया अफिसरमा जानुका राई र भूमिराज राई चुनिए ।
सिजन १ मा न्यू इयर इभ डान्स पार्टी सँगै इ मेडिया हव जन्मोत्सव गरिने जानकारी गराइएको छ । आगामी शनिबार ३१ डिसेम्बर २०१६ मा आयोजना गरिने उक्त कार्यक्रमको प्रवेश निशुल्क हुनेछ साथै कम्पनीले एक तोलाको सुनको लकेट सहितको इमेडिया हब राफल ड्र पनि गर्ने भएको छ ।
इमेडिया हव सिजन २ मा नेपालबाट चर्चित कलाकारहरु मनोज गजुरेल, रेवत राई, मेलिना राई र माला लिम्बु सहितको सांगीतिक कार्यक्रम बेलायतका बिभिन्न शहरमा गरिने जनाइएको छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह