
स्कटल्याण्ड । स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लू ) को आयोजनामा स्कटिस विन्टर फेस्टिवल कार्यक्रम गरिएको छ।
एबर्डिन सहरमा गरिएको कार्यक्रम अन्तर्गत नेपाली सांस्कृतिक कार्यक्रमको साथै चुंगी र क्यारम प्रतियोगिता गरिएको थियो।
नेपालमा निकै लोकप्रिय भएपनि बिदेशमा पहिलोपटक यस्तो प्रतियोगितामा भाग लिँदा सहभागीहरु निकै उत्साहित भएका थिए। १२ जना सहभागी चुंगी प्रतियोगितामा डा. बिभु पौड्याल र १७ जना सहभागी क्यारम प्रतियोगितामा अमृत बोहरा प्रथम हुनु भएको थियो । प्रतियोगिता बिजयीहरुलाई ज्येष्ठ नागरिक श्रीमती सोमा घिमिरेले पुरस्कार प्रदान गर्नु भएको थियो।
यस्तै साँस्कृतिक कार्यक्रममा चार देखि ७६ वर्ष सम्मका सहभागीले प्रस्तुति दिएका थिए। साँस्कृतिक कार्यक्रममा डा. सोहन घिमिरे, रेनुका ढकाल, पावना शर्मा, सोमा घिमिरे, मेलिसा रेग्मी, सोफी रेग्मी, मुकुल दाहाल, नविन छेत्री, दिपेश रेग्मी, डा विभु पौड्याल, सुहार्जन भट्टराईले गायन प्रस्तुति दिए भने अनुष्या बोहोरा, अंशु भण्डारी, आरजब पौडेल , सरल दाहाल लगायतले नृत्य र बाद्यबादन प्रस्तुत गरेका थिए।
अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर (ओएनसीडब्लू ) ले विगत चार वर्षदेखि साप्ताहिक रुपमा नेपाली समुदायमाझ स्वस्थ हिंडाई (हेल्थ वाक) आयोजना गर्दै आएको छ भने स्कटल्याण्ड सरकार र अन्य निकायको सहयोगमा नेपाली समुदाय केन्द्रित विभिन्न क्रियाकलाप गर्दै आएको छ। संस्थाका अध्यक्ष दिपेश रेग्मीले नेपाली समुदायमा केन्द्रित रहेर धेरै कार्यक्रम गर्न संस्था निकै सफल रहेको बताउनु भएको छ। स्कटिस विन्टर फेस्टिवलको लागि स्कटल्याण्ड सरकार र स्कटल्याण्डको अल्पसङ्ख्यक समुदायमा काम गर्ने बीइएमआइसले सहयोग गरेको थियो ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा