
स्कटल्याण्ड । स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लू ) को आयोजनामा स्कटिस विन्टर फेस्टिवल कार्यक्रम गरिएको छ।
एबर्डिन सहरमा गरिएको कार्यक्रम अन्तर्गत नेपाली सांस्कृतिक कार्यक्रमको साथै चुंगी र क्यारम प्रतियोगिता गरिएको थियो।
नेपालमा निकै लोकप्रिय भएपनि बिदेशमा पहिलोपटक यस्तो प्रतियोगितामा भाग लिँदा सहभागीहरु निकै उत्साहित भएका थिए। १२ जना सहभागी चुंगी प्रतियोगितामा डा. बिभु पौड्याल र १७ जना सहभागी क्यारम प्रतियोगितामा अमृत बोहरा प्रथम हुनु भएको थियो । प्रतियोगिता बिजयीहरुलाई ज्येष्ठ नागरिक श्रीमती सोमा घिमिरेले पुरस्कार प्रदान गर्नु भएको थियो।
यस्तै साँस्कृतिक कार्यक्रममा चार देखि ७६ वर्ष सम्मका सहभागीले प्रस्तुति दिएका थिए। साँस्कृतिक कार्यक्रममा डा. सोहन घिमिरे, रेनुका ढकाल, पावना शर्मा, सोमा घिमिरे, मेलिसा रेग्मी, सोफी रेग्मी, मुकुल दाहाल, नविन छेत्री, दिपेश रेग्मी, डा विभु पौड्याल, सुहार्जन भट्टराईले गायन प्रस्तुति दिए भने अनुष्या बोहोरा, अंशु भण्डारी, आरजब पौडेल , सरल दाहाल लगायतले नृत्य र बाद्यबादन प्रस्तुत गरेका थिए।
अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर (ओएनसीडब्लू ) ले विगत चार वर्षदेखि साप्ताहिक रुपमा नेपाली समुदायमाझ स्वस्थ हिंडाई (हेल्थ वाक) आयोजना गर्दै आएको छ भने स्कटल्याण्ड सरकार र अन्य निकायको सहयोगमा नेपाली समुदाय केन्द्रित विभिन्न क्रियाकलाप गर्दै आएको छ। संस्थाका अध्यक्ष दिपेश रेग्मीले नेपाली समुदायमा केन्द्रित रहेर धेरै कार्यक्रम गर्न संस्था निकै सफल रहेको बताउनु भएको छ। स्कटिस विन्टर फेस्टिवलको लागि स्कटल्याण्ड सरकार र स्कटल्याण्डको अल्पसङ्ख्यक समुदायमा काम गर्ने बीइएमआइसले सहयोग गरेको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित