
लन्डन । अमेरिकामा क्रियाशिल एक जना व्यवसायिक पत्रकार किशोर पन्थीसंग बेलायतस्थित नेपाली पत्रकारहरुले नेपाली
पत्रकारिता अनुभव साटासाट गरेका छन् ।
सोमबार सांझ माउन्टेन भ्यू रेष्टुरेन्ट ग्रीनवीच लन्डनमा आयोजित एक भेटघाटमा खसोखास साप्ताहिक सम्पादक पन्थीले अमेरिकामा नेपाली पत्रकारिताको वस्तुस्थिति, चुनौती र अवसरहरुबारे अनुभव सुनाए । पन्थीले सिमित श्रोत साधनबीच नेपाली पत्रकारिताले समुदायको अपेक्षा पुरा गर्न के कस्ता परिस्थिति सामना गर्नुपर्छ भन्नेबारे बताए । हफिङटन पोष्टमा ब्लग र लेख लेखिरहने पन्थीको अनुभवमा अमेरिका र बेलायतको नेपाली पत्रकारिताका चुनौती धेरै मिल्दो जुल्दो छन् । उनले विदेशमा नेपाली व्यवसायिक पत्रकारहरुको संख्या बढिरहेको उल्लेख गर्दै अब डायस्पोरिक मञ्च निर्माण गर्ने बेला आइसकेको धारणा समेत राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष एवं वी नेपाली डटकम सम्पादक नरेश खपांगीमगरले बेलायतको नेपाली पत्रकारिताका विभिन्न आयामबारे चर्चा गरे । बेलायतमा पूर्णकालिन पत्रकारिताबाट बांच्न सकिने अवस्था अझै नभएको उनको धारणा थियो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ बेलायतका उपाध्यक्ष ध्रुवराज अर्याल, सचिव शिव भण्डारी, कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल, सेतोपाटीका बेलायत संयोजक फडिन्द्र भट्टराईले पनि आ आफ्ना अनुभव साटेका थिए ।
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ