
लन्डन । अमेरिकामा क्रियाशिल एक जना व्यवसायिक पत्रकार किशोर पन्थीसंग बेलायतस्थित नेपाली पत्रकारहरुले नेपाली
पत्रकारिता अनुभव साटासाट गरेका छन् ।
सोमबार सांझ माउन्टेन भ्यू रेष्टुरेन्ट ग्रीनवीच लन्डनमा आयोजित एक भेटघाटमा खसोखास साप्ताहिक सम्पादक पन्थीले अमेरिकामा नेपाली पत्रकारिताको वस्तुस्थिति, चुनौती र अवसरहरुबारे अनुभव सुनाए । पन्थीले सिमित श्रोत साधनबीच नेपाली पत्रकारिताले समुदायको अपेक्षा पुरा गर्न के कस्ता परिस्थिति सामना गर्नुपर्छ भन्नेबारे बताए । हफिङटन पोष्टमा ब्लग र लेख लेखिरहने पन्थीको अनुभवमा अमेरिका र बेलायतको नेपाली पत्रकारिताका चुनौती धेरै मिल्दो जुल्दो छन् । उनले विदेशमा नेपाली व्यवसायिक पत्रकारहरुको संख्या बढिरहेको उल्लेख गर्दै अब डायस्पोरिक मञ्च निर्माण गर्ने बेला आइसकेको धारणा समेत राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष एवं वी नेपाली डटकम सम्पादक नरेश खपांगीमगरले बेलायतको नेपाली पत्रकारिताका विभिन्न आयामबारे चर्चा गरे । बेलायतमा पूर्णकालिन पत्रकारिताबाट बांच्न सकिने अवस्था अझै नभएको उनको धारणा थियो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ बेलायतका उपाध्यक्ष ध्रुवराज अर्याल, सचिव शिव भण्डारी, कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल, सेतोपाटीका बेलायत संयोजक फडिन्द्र भट्टराईले पनि आ आफ्ना अनुभव साटेका थिए ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड