लन्डन । प्रवासी नेपाली मञ्च बेलायतले आगामी डिसेम्बर २० तारिख मंगलबार यूरो ट्राभलर होटल लन्डनमा एक भव्य समारोहबीच १२ औं स्थापना दिवस मनाउने निर्णय गरेको छ । मञ्चको गत आइतबार लन्डन हयारोमा बसेको सातौं पूर्ण बैठकले उक्त निर्णय गरेको हो । बैठकले मञ्चको आगामी आर्थिक, सांगठनिक तथा विविध कार्यजोजनाहरु समेत निर्माण गरेको छ ।
मञ्चका आगामी कार्यक्रमहरु मध्ये आसन्न १२ औं स्थापना दिवस भव्य रुपमा मनाउन मञ्चका अध्यक्ष रामशरण सिम्खडाको अध्यक्षतामा एक आयोजक समिति गठन गरिएको छ । सो आयोजक समितिमा मञ्चका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, सचिवालय सदस्यहरु, हरेक इलाका कमिटीका अध्यक्ष तथा कार्यक्रम आयोजना गरिने नर्थ वेष्ट इलाका कमिटीका सदस्यहरु रहेको अध्यक्ष सिम्खडाले जानकारी दिए ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च बेलायतका सम्पूर्ण सल्लाहकारहरु, पूर्व कार्यसमितिका पदाधिकारीहरु, संस्थापकहरु, इलाका कमिटीका सदस्यहरु, समर्थक तथा शुभचिन्तक अन्य राजनीतिक पार्टीका पार्टी प्रमुख लगायत बेलायतमा रहेका विशिष्ट विज्ञहरुको समेत उक्त कार्यक्रममा सहभागिता रहने अपेक्षा छ ।
सो कार्यक्रममा मञ्चका सम्पूर्ण सदस्यहरुलाई सपरिवार उपस्थितिका लागी आयोजक समितिले अनुरोध गरेको छ । प्रवासी नेपाली मञ्चको सो १२ औं स्थापना दिवसमा मञ्चको स्थापनादेखि हालसम्मका गतिविधि समिक्षा, आगामी कार्य योजना जानकारी तथा अन्य विशिष्ट महानुभावहरुको शुभकामना रहने जनाइएको छ । कार्यक्रमको दोश्रो भाग आपसी छलफल, कुराकानी तथा मनोरन्जन गरिने संयोजक सिम्खडाले बताए ।
मञ्चका अध्यक्ष्य रामशरण सिम्खडाको अध्यक्षता तथा महासचिव तुंगभद्र भुसालको सञ्चालनमा सम्पन्न सो बैठकमा प्रवासी नेपाली मञ्च बेलायतका उपाध्यक्षद्वय रबिन्द्र कंडेल तथा रामजी बराल, सचिव धन क्षेत्री, आर्थिक विभाग प्रमुख कृष्ण भण्डारी, प्रचार विभाग प्रमुख कुमार केसी, संगठन विभाग प्रमुख कमल खनाल, सचिवालय सदस्य होम निरौला, संगठन विभागका सचिव मिलन घिमिरे, सरस्वती केसी, खिबराज शर्मा र सुशिला राईको सहभागिता थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक