लन्डन । बेलायतको सबै भन्दा ठूलो जातीय तथा सामाजिक संस्था ठानिने तमुधिं यूकेको बाग्डोर अध्यक्ष ज्ञाम गुरुङको कांधमा आइपुगेको छ । ९ औं कार्यसमितिका लागि शनिबार उनी निर्विरोध अध्यक्ष चयन भए । संस्थामा छोटै समयमा सबैको मन जितेका उनी उमेरमा कान्छो अध्यक्ष हुन् । बेलायती सेनामा दुई दशक बिताएर अवकास लिएपछि उनी सामाजिक काममा अग्रसर भएका थिए ।
केन्ट र चार भन्ज्याङ गरि दुई इकाइमा महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालेपछि तमुधिं केन्द्रमा आवद्ध भए उनी । तमुधिं यूके केन्द्रमा सचिव, महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षमा काम गरेपछि यसपटक उनलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी आएको हो ।
मिलनसार, हंसिलो स्वभाव, मिडिया फ्रेन्ड्ली र संस्थाप्रति कटिवद्ध ज्ञाम गुरुङ नेपाली समुदायमा परिचित नाम हो । विभिन्न संघसंस्था जस्तै एनआरएनए यूके सल्लाहकार, यती एसोसिएसन यूके सल्लाहकार, सहारा यूके सल्लाहकार, पर्वत वेलफेयर सोसाइटी यूके सल्लाहकार छन् उनी ।
पहिले पर्वत र हाल पोखरा स्थायी निवासी उनी बेलायतको फोकस्टन केन्टमा सपरिवार बस्छन् । उनको पोखरा ट्राभल एवं मनी ट्रान्सफर व्यवसायले पनि नेपाली समुदायमा प्रतिष्ठा कमाइरहेको छ । एभरेष्ट टाइम्स साप्ताहिकमा समेत संलग्न उनी लेखनमा पनि उत्तिकै सक्रिय छन् ।
पृथ्वी नारायण बहुमुखी क्याम्पसबाट आइएस्सी गरेका उनी सैनिक जीवनपछि सामाजिक सेवामा लागेका हुन् ।
नयां कार्यसमिति र सल्लाहकारहरुसंगको सल्लाहपछि ल्होसारमा हेन्ड ओभर र टेक ओभरका क्रममा भावी विस्तृत कार्यक्रम घोषणा गरिने उनले जनाए । तमुधिं यूकेको पुराना कार्यक्रम गोर्खा कप, नेपाली मेला आदिलाई निरन्तरता दिंदै तमुधिं यूके भवन अझ विस्तार गर्ने उनको सोच छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह