लण्डन । बेलायतस्थित नेपालीको प्रभावशाली सँस्थामध्ये एक तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ निर्विरोध भएका छन् ।
तमुधिँ युकेको अाज तमुधिँ भवन मिचेटमा सम्पन्न अधिवेसनले उनलाई अध्यक्षमा सर्वसम्मतिले चुनेकाे हाे ।
यसैगरी दुई उपाध्यक्ष पदमा नन्दजङ्ग गुरुङ र हितकाजी गुरुङ निर्विरोध चयन भएका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिएका वर्तमान कार्यसमितिका महासचिव हरि गुरुङ, कोषाध्यक्ष जुमकाजी गुरुङ, पुनम गुरुङ र मञ्जु गुरुङले सर्वसहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सबै पद निर्विरोध चयन भएकाे हाे ।
त्यस्तै कृष्ण गुरुङ महासचिव, तुलाराम गुरुङ सचिव, दिपक गुरुङ कोषाध्यक्ष, कुमार गुरुङ सहकोषाध्यक्ष, रोहित गुरुङ प्रवक्ता, क्या.पिताम्बर गुरुङ खेलकुद सचिव, लैन्चकुमार गुरुङ प्रोपर्टी सचिव, कृष्ण गुरुङ सांस्कृतिक सचिव, एसके गुरुङ र मान गुरुङ वेभ र मिलन तमु फोटोग्राफरमा चयन भएका छन् ।
अधिवेसनमा महासचिव हरि गुरुङ र कोषाध्यक्ष जुमकाजी गुरुङले प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न सो अधिवेसनमा उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए भने महासचिव हरि गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
निर्वाचन सम्पन्न गर्नका लागि समितिका संयोजक एकेन्द्र गुरुङ, सदस्य हरिकुमार काजी गुरुङ र क्या.रि. तिर्थमान गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नयाँ समितिले यही ल्हाेसारबाट कार्यभार ग्रहण गर्नेछ । नयाँ समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक