
लन्डन । बेलायतको ल्यान्क्यास्टर शहरमा नेपाल पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाही र नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारीको विशेष उपस्थितिमा पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिएको हो । गत ११ नोभेम्बरका दिन भएको उक्त कार्यक्रमको उद्देश्य भूकम्पपछि नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु थियो ।
कार्यक्रममा मन्त्री शाही, भण्डारीसहित ल्यान्क्यास्टर युनिभर्सिटीका पिचएडी स्कलर राममणी बर्तौला, बसन्ती शाही, लक्ष्मी भण्डारी, शान्ता पौडेल र ल्यान्क्यास्टर युनिभर्सिटीका अन्तर्राष्टिय विद्यार्थी दूत दीपक जिसी सहभागी थिए । उनीहरुलाई युनिभर्सिटीकी इन्टरनेशनल अफिस हेड एन्नी ब्रन्टले स्वागत गरेकी थिइन् । उक्त अवसरमा आपसी हित, शिक्षा, पर्यटन र सांस्कृतिक आदानप्रदानबारे छलफल भएको थियो । उक्त टिमले विश्वविद्यालयका विभिन्न अनुसन्धान केन्द्र र विभाग अवलोकन गरेर बेलायती शिक्षा प्रणालीबारे जानकारी लिएको थियो । विश्वविद्यालयको नयां लाइब्रेरीमा दुई देशको झण्डा साटासाट समेत गरियो । मन्त्री शाही, पर्यटन प्रतिनिधि भण्डारी र विद्यार्थी रविन भण्डारीले इन्टरनेशनल अफिसकी निर्देशकलाई नेपाली झण्डा प्रदान गरेका थिए ।
सो क्रममा निर्देशक ब्रन्टले आफ्नो विश्वविद्यालयमा हुने हरेक गतिविधिमा नेपाल पर्यटन र संस्कृतिबारे प्रचार प्रसार गर्ने आश्वासन दिएकी थिइन् । ल्यान्क्यास्टर विश्वविद्यालय अनुसन्धानका लागि विश्वमै प्रख्यात मानिन्छ ।
मन्त्री शाहीसहितको समूहले सोही दिन ल्यान्क्यास्टर सिटी काउन्सिल भ्रमण गरेको थियो । त्यस क्रममा मन्त्री शाहीसहितको टिमलाई काउन्सिलका डेपुटी मेयर श्रीमति कार्ला ब्रेसा, काउन्सिलर ड्यारिन क्लिफोर्ड र सिभिक एण्ड सेरेमोनियल सपोर्ट अफिसर जेनी किले स्वागत गरेका थिए ।
उक्त अवसरमा काउन्सिल पदाधिकारीलाई नेपाली झण्डा प्रदान गर्दै भविष्यमा नेपाल भ्रमण गर्न निमन्त्रणा गरिएको थियो । सो क्रममा ब्रिगेड अफ गोर्खाजले दुई सय वर्षसम्म गरेको योगदान र अर्थतन्त्रबारे छलफल भएको थियो । काउन्सिल पदाधिकारीले पनि नेपालको पर्यटन प्रवर्धन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । दुवै भेटमा बेलायत नेपाल कुटनीतिक सम्वन्धको दुई सय वर्ष गांठ र दुई देशबीचको सम्वन्धबारे चर्चा भएको थियो । उक्त कार्यक्रम संयोजन राममणी बर्तौताले गरेका थिए ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड