अल्डरसट । अमेरिका निवासी समाजसेवी महिला डा. बिष्णुमाया परियार बेलायतमा सम्मानित भएकी छिन् । सृजनशील नेपाली समाज यूकेले आइतबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा उनको सम्मान गरेको हो ।
सृजनशील नेपाली समाज यूकेका अध्यक्ष सुक बहादुर सुनारले नेपालका दलित समुदायको उत्थानमा योगदान पुरयाए वापत परियारलाई सम्मानपत्र प्रदान गरे ।
सम्मानपछि बोल्दै डा. परियारले आफूले सञ्चालन गरेको छात्रवृत्ति र लघुवीत्त कार्यक्रमले सबै समुदायलाई समेटेको चर्चा गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका संरक्षक शेरबहादुर सुनार सहित अन्य पदाधिकारीहरु विकास रनपैली, कुमार सुनार, राजकुमार सुनार, चेत बहादुर परियार, दिलीप मोहरा लगायतले डा. बिष्णुमायाको योगदानको चर्चा गर्दै समाजमा भएको विभेद हटाउन सबै समुदायको सहयोग हुनुपर्ने विचार राखेका थिए ।
कार्यक्रममा नेत्र सुनार, सुमन गौतम, प्रमिला तामाङ र संगीता गैरे लगायत कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । नेपाली परम्परागत लोकबाजा पन्चेबाजा पनि प्रस्तुत गरिएको थियो ।
समाजका महासचिव धन बहादुर सार्कीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भक्त बहादुर परियारले स्वागत गरेका थिए ।
यस अघि शनिबार गोर्खाली समाज यूकेले आयोजना गरेको च्यारिटी कार्यक्रममा डा. बिष्णुमाया परियारलाई डा. बाबुराम भट्टराईले सम्मान गरेका थिए । परियार गोर्खाली समाज यूकेको निमन्त्रणामा बेलायत आएकी थिइन् ।
सन् १९९९ मा अमेरिका पुगेकी विष्णुमायाले दलित महिला उत्थान संघ मार्फत नेपालका बालबालिकालाई छात्रबृत्ति र महिलाहरुलाई आत्म निर्भर बनाउन लघु बीत्त कार्यक्रमहरु सञ्चालन गरिरहेकी छिन् । हालसम्म उनले सञ्चालन गरेको अभियानबाट १२ हजार भन्दा बढि बालबालिका र ५ हजार भन्दा बढि महिला प्रत्यक्ष लाभान्वित भएका छन् ।
परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राइट्स अवार्ड दिएको थियो । उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलर सहित अवार्ड दिएको थियो भने सन् २००६ मा हावर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेट (वियोन्ड द पिएचडी) ले सम्मान गरेको थियो ।
डा. परियारको सम्मानमा अमेरिकाको केन्टकीको लुइभिल शहरले सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ मनाउने गरेको छ ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित