काठमाडौं। मलेसियामा भ्रुण हत्याको आरोपमा एक नेपाली महिलामाथि मु्द्दा दायर गरिएको छ । २४ वर्षीया निर्मला थापा नामकी ती महिलामाथि अक्टोबर ९ का दिन स्थानीय पोलिक्लिनिकमा गर्भपतन गराएको आरोप छ।
उनीमाथि बुकित मेर्टाजामस्थित अदालतमा मुद्दा समेत दायर गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
थापामाथि बच्चा जिउँदै जन्मन रोक्न वा त्यसको कारण बच्चा जन्मेपछि मरेको अभियोग लगाएको छ। आरोप प्रमाणित भए बढीमा १० वर्षसम्म जेल वा जरिवाना दुवै हुनसक्छ।
विद्युतिय सामग्री उत्पादन गर्ने कारखानामा काम गर्दै आएको थापाको बयान लिइएको छैन। उनीमाथि आरोप लगाउँदै अन्यौलको अवस्था देखिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।
अदातलका न्यायाधीशले दोषाभेसहित नोभेम्बर १२ मा अदालतमा प्रस्तुत गर्न निर्देशन दिएका छन्।
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट