
दमकमा युवा सङघद्धारा २०४५ साल अघिका आश्रयदाता कार्यकर्ता सम्मान कार्यक्रममा सहभागी हुँदै अध्यक्ष ओलीसहित पूर्व कानुनमन्त्री अग्नि खरेल लगायतका नेताहरु । तस्बिर ः यज्ञराज आङदेम्बे, रासस, दमक, झापा
दमक, २७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासको नेतृत्व अब एमालेले गर्ने बताउनुभएको छ । उहाँले मुलुकलाई समृद्धितर्फ लैजान एमालेले अगुवाइ गर्ने र त्यसलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।
युवा सङ्घ नेपाल, दमक नगरकमिटीले आज आयोजना गरेको २०४५ सालअघिका अगुवा कार्यकर्तालाई सम्मान गर्दै अध्यक्ष ओलीले एमालेले लोकतन्त्र र समृद्धिको हितमा काम गरेकाले पनि जनताले एमालेको नेतृत्व चाहेको बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले मुलुकको हितमा काम गरेको र आम जनतामा समृद्धिको आशा पलाएको उहाँको भनाइ थियो ।
देश र जनताको अहित हुनेमा एमाले कहिल्यै कसैसँग सहकार्य नगर्ने चर्चा गर्दै उहाँले भन्नुभयो – “एमाले कसैको स्वार्थका निम्ति साक्षी बस्दैन ।”
उहाँले सरकारले संविधान संशोधन गर्न एमालेले साथ दिएन भन्ने हल्ला गरेर संविधान कार्यान्वयन असफल गराउन सत्ताधारी दलहरु लागेको आरोप लगाउनुभयो । नयाँ संविधान एमालेका कारण मुलुकले प्राप्त गरेकोमा जोड दिँदै संविधान कार्यान्वयन गर्न अहिले नै संविधान संशोधन गर्न आवश्यक नभएको जिकिर गर्नुभयो ।
उहाँले थप्नुभयो – “एमाले संविधान कार्यान्वयन गराउन कहिल्यै विरोधी छैन । तर संविधान संशोधनको भने स्पष्ट कारण देखाउनुपरयो नि ?” उहाँले संविधान संशोधन कसैको निहित स्वार्थका निम्ति भए त्यो कदापि आफ्ना लागि स्वीकार्य नहुनेमा जोड दिनुभयो ।
उहाँले सङ्घद्वारा सम्मानित दमक क्षेत्रका पार्टीका पुराना ६२ जना कार्यकर्तालाई दोसल्ला तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रममा पूर्व कानुनमन्त्री अग्नि खरेल, युवा सङ्घका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललगायतले बोल्नुभएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार