काठमाडौँ, २५ कात्तिक । भारत र चीन दुवै छिमेकी मुलुकसँग आर्थिक सम्बन्ध विस्तार गर्दै नेपाललाई आर्थिक लाभ दिलाउने प्रतिबद्धता दुबै देशका लागि नवनियुक्त नेपाली राजदूतले व्यक्त गरेका छन् ।
उहाँहरुको सम्मानमा नेपाल चेम्बर अफ कमर्सले यहाँ आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनीहरुले नेपालको आर्थिक समृद्धिका लागि उत्तर र दक्षिणसँग बराबर सहकार्य गर्दै लाभ लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले ‘भारतसँगको व्यापार गर्दा नेपालले प्रतिस्पर्धा गर्नसक्ने र फाइदा हुने विषयमा तथ्य तथ्याङ्कसहित आउनुहोस् म सकेको सहयोग गर्न तयार छु’, भन्नुभयो ।
उहाँले पछिल्लो समयमा भारतसँगको सम्बन्ध सुध्रिदै गएकाले दुबै देशबीचको व्यापार सहज हुने वातावरण सृजना भएको बताउँदै नेपाललाई आर्थिक समृद्धि दिलाउने खालको व्यापार गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सले भारत र चीनका नवनियुक्त नेपाली राजदूतको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल । तस्बिर ः रोशन सापकोटा, रासस
त्यस्तै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले ‘दीर्घकालीन व्यापार गर्ने सोच लिएर यहाँका व्यवसायी आउनुहोस् हामी चीनसँग सहजीकरण गर्न तयार छौँ’ भन्नुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारतको जनसङ्ख्यामध्ये शुन्य दशमलव एक प्रतिशत मात्रै पर्यटक नेपाल भित्र्याउन सके नेपाललाई अथाह लाभ हुने बताउँदै भारतसँग व्यापार सम्झौता गर्दा हिचकिचाउनुपर्ने परिपाटी र चीनसँग सम्झौता गर्दा भारतसँग डराउनुपर्ने परिपाटीले नेपालले आर्थिक लाभ लिन नसकेको गुनासो गर्नुभयो ।
पारवहन सहजीकरणका लागि त्रिदेशीय ‘इन्भेष्टमेन्ट समिट’ गठन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने