
नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।
सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानको आयोजनामा आज यहाँ आयोजित ‘जनआन्दोलन स्वर्ण पदक’ विभूषित कार्यक्रममा राष्ट्रपति भण्डारीले राजकीय पद र प्रतिष्ठालाई अस्वीकार गर्दै लोकतन्त्रको स्थापना र सुदृढीकरणका निम्ति अनुकरणीय योगदान गर्ने गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो ।
‘‘विसं २०४६ को जनआन्दोलनदेखि नेपाली राजनीति सहकार्यको व्यावहारिक थालनी गर्न अग्रसर रह्यो यो गणेशमानको भूमिकाले सम्भव भएको हो’’ उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले युवा अवस्थादेखि नै एक निर्भिक व्यक्तित्वको पहिचान बनाउनु भएका सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुषको रुपमा स्थापित भएको उल्लेख गनुभयो ।
“राणाशासनको विरुद्ध विद्रोहको उद्घोष गर्दै उहाँले आफ्नो लामो राजनीतिक जीवनको क्रममा लोकतन्त्रका निमित्त राजनीतिक शक्तिहरुलाई एकताबद्ध गर्न सिंहको ठूलो योगदान छ’’ राष्ट्रपति भण्डारीले भन्नुभयो ।
विसं २०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलनबाट नेपाललाई सङ्घीय गणतान्त्रिक बाटोमा लगेको र संविधान निर्माण भएकाले यसै भावनालाई आत्मसात् गरी संविधानको प्रभावकारी कार्यान्वयनका लागि लोकतान्त्रिक शक्तिबीच सहमति हुनु जरुरी रहेको बताउनुभयो ।
‘‘संविधान कार्यान्वयनको माध्यमबाट लोकतन्त्र र राष्ट्रियताको जगमा सामाजिक–आर्थिक विकासको अभियानमा जुट्न सबैलाई आग्रह गर्दछु’’ उहाँले भन्नुभयो ।
पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निरङ्कुशताविरुद्ध उभिएका राजनीतिक दलहरु एक ठाउँमा उभिनु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन भएमात्र देश विकासको बाटो खुल्छ, त्यसैले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्छ ।”
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गरेर तीन तहको निर्वाचन गराउनु प्रमुख चुनौती रहेको बताउनुभयो । उहाँले राजनीतिक दल एकापसमा मिलेर संविधान कार्यान्वयन गरेमात्र जनप्रिय नेता गणेशमानप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले गणेशमानको चाहना राजनीतिक अधिकारपछि आर्थिक अधिकार भएकाले अब राजनीतिक अधिकारलाई टुङ्ग्याएर आर्थिक अधिकारतर्फ लम्कनुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले देशमा बन्न लागेका पूर्वाधारमा नेता तथा सहिदको नाम राखेमात्र नेता तथा सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
सिटौलालाई जनआन्दोलन स्वर्ण पदक
नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई जनआन्दोलन स्वर्ण पदक प्रदान गरिएको छ ।
सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा १२ बुँदे शान्ति सम्झौतादेखि संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेको भन्दै सिटौलालाई सम्मान गरिएको हो ।
सिटौलाले तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्धको संयुक्त आन्दोलनको संयोजकको रुपमा महत्वपूर्ण भूमिका खेल्नुका साथै विघटित प्रतिनिधिसभा पुनःस्थापना गराउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो ।
सिटौलालाई राष्ट्रपति भण्डारीले स्वर्ण पदक, प्रमाणपत्र र दोसल्लाद्वारा सम्मान गर्नुभएको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने