
धनगढी, २३ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अङ्गिकृत नागरिकलाई देशको राष्ट्रपति बनाउनु पर्छ भन्ने पक्षमा काँग्रेस नरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, कैलालीद्वारा आज यहाँ आयोजत पत्रकार सम्मेलनमा डा कोइरालाले अङ्गिकृत नागरिक भारतमा प्रधानमन्त्री र अमेरिकामा राष्ट्रपति बन्न नपाएको उदाहरण दिँदै सानो देश नेपालमा अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री जस्ता पदमा पुरयाए राष्ट्रको हित नहुने धारणा राख्नुभयो ।
अहिलेको जटिल राजनीतिक परिस्थितिमा धर्मको मुद्दा उठाएर समस्या बल्झाउनु उपयुक्त नहुने बताउँदै उहाँले भन्नुभयो–“राजनीतिक अवस्था सामान्य भएपछि यो विषयमा जनतालाई निर्णय गर्न दिनुपर्छ ।”
पत्रकारको प्रश्नमा उहाँले संविधान संशोधनबिना कार्यान्वयन गर्न नसकिने उल्लेख गर्दै यसका लागि सबै दल मिलेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख माथिको महाअभियोगको प्रसङ्गमा उहाँले सत्यतथ्यमा आधारित भएर मात्रै टुङ्गोमा पुग्नुपर्छ भन्ने काँग्रेसको धारणा रहेको बताउनुभयो ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]