काठमाडौँ, २१ कात्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान धेरै लचिलो र गतिशील भएको बताउनुभएको छ ।
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयले सभापति देउवालाई मानार्थ विद्यावारिधीको उपाधिबाट सम्मान गर्न नयाँ दिल्लीमा आज आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानले महिला, मधेसी, आदिवासी÷जनजाति, दलित, पिछडिएको क्षेत्रलगायत अल्पसङ्ख्यकलाई विशेष अधिकार प्रदान गरेको उल्लेख गर्नुभयो ।
जनताद्वारा निर्वाचित संविधानसभाको दुई तिहाइभन्दा बढी बहुमतले पारित गरी घोषणा गरेको संविधानले खाद्य, बसोबास, सामाजिक सुरक्षा, शिक्षालगायत विषयका ३१ मौलिक अधिकारको व्यवस्था गरेको बताउँदै उहाँले भन्नुभयो, “संविधानका निश्चित प्रावधानप्रति केही पक्ष असन्तुष्ट छ, त्यसलाई संविधान संशोधनमार्फत सम्बोधन गरी सर्वस्वीकार्य बनाउन हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ ।”
सभापति देउवाले भारतको लोकतन्त्रका विविध पक्षको प्रशंसा गर्दै भारतको स्वतन्त्रता सङ्ग्राममा महामानव बिपी कोइरालालगायत नेपाली नेता सक्रियरुपमा लागेको स्मरण गराउनुभयो । उहाँले नेपालको लोकतन्त्रमा भारतका नेताको पनि सहयोग रहेको बताउनुभयो ।
सभापति देउवाले नेपालको लोकतन्त्रका उतारचढावको चर्चा गर्दै १० वर्षे सशस्त्र द्वन्द्वलाई समाप्त गरी शान्तिमा रुपान्तरण गर्न नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको र यसमा भारतको पनि सहयोग रहेको धारणा व्यक्त गर्नुभयो ।
नेपाल–भारत दुवै मुलुक विभिन्न यात्रामा सँगै रहेका र भौगोलिक, सांस्कृतिक र धार्मिक रुपमा आपसमा बाँधिएको उल्लेख गर्दै सभापति देउवाले दुवै मुलुकका जनताबीच घनिष्ठ सम्बन्ध रहेको छ भन्नुभयो ।
सभापति देउवालाई जवाहरलाल नेहरु विश्वविद्यालयले आज विशेष समारोहकाबीच मानार्थ विद्यावारिधीको उपाधिबाट सम्मानित गरेको थियो ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’