काठमाडौँ, २० कात्तिक । रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताउनुभएको छ ।
नेपाली काँग्रसेका नेता समेत रहनुभएका मन्त्री खाँणले आज रासससँग कुरा गर्दै राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणले नेपालको सुरक्षा स्थितिका बारेमा विश्वमा सकारात्मक सन्देश गएको छ भन्नुभयो ।
राष्ट्रपति मुखर्जीको भ्रमणले नेपाल– भारत व्दिपक्षीय सम्बन्धमा सुधार तथा विश्वासको वातावरण बनेको उहाँको धारणा छ ।
राष्ट्रपति मुखर्जीको सुरक्षामा पनि सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै मन्त्री खाँण भन्नुभयो, “सुरक्षामा हामीले कुनै कमी हुन दिएनौ, त्यस क्रममा बाटो खाली गराउँदा जनतालाई केही कठिनाइ भएको हुनसक्छ । तर यस भ्रमणले विश्वभर मुलुकको बारेमा सकारात्मक सन्देश गएको छ ।”
भ्रमणले छिमेकीमूलुक भारतसँगको मित्रता र सद्भावमा वृद्धि हुनुका साथै भोलिका दिनमा अन्य मुलुकबाट पनि अति विशिष्ट व्यक्तिको नेपाल भ्रमण हुने बाटो खुलेको उहाँको भनाइ छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]