काठमाडौं। संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघका अध्यक्षसहित चार पदाधिकारीलाई तत्काल निलम्बन गर्ने खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ। यसअघि असोज १२ गते भ्रष्टाचार गरेको देखिएको भन्दै छानविन अवधिभर पद स्थगन गर्न निर्देशन दिएको थियो। निर्देशन कार्यान्वयन नभएपछि सोमबार बसेको लेखा समितिले पुन: निर्देशन दिएको हो। समितिले अहिलेकै पदाधिकारीबाट कार्यबहाक अध्यक्ष बनाउन भनेको छ।
समितिले अध्यक्ष थापा, महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष विराटजंग शाही र निर्माण कार्यको जिम्मेवारी लिने अधिकारीलाई निलम्बन गर्न निर्देशन दिएको हो।
करोडौँ भ्रष्टाचार भएको उजुरीका आधारमा छलफल तथा अनुसन्धान गरेको लेखा समितिले एन्फामा गम्भीर समस्या देखिएको ठहर गर्दै अनियमितताबारे थप अनुसन्धान गरी दुई महिनाभित्र कारबाही अगाडि बढाउन असोज १२ गते निर्देशन दिएको थियो।
समितिले १६ वटा विभिन्न विषयमा थप अनुसन्धान गर्न खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन समेत दिएको थियो। राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ गणेश सो पार्टीको संविधानसभाका मनोनित सभाषद हुन्। लेखा समितिको निर्देशनपछि पत्रकार सम्मेलन गरेर थापाले लेखा समितिको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको हस्तक्षेप लिएर नेपाललाई प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका थिए।
समितिले थापामाथि अनुसन्धान गर्न तयार पारेको सूची
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ