
मस्को, ११ कात्तिक । रुसले आगामी वर्षको अन्त्यसम्ममा सबै खाले रासायनिक हातहतियार नष्ट गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय जगतसँग रुसले गरेको पूर्वप्रतिबद्धताअनुसार बाँकी रहेका रासायनिक हातहतियार व्यवस्थापन गर्ने अन्तिम म्याद सन् २०१८ सम्म भए तापनि एक वर्ष अगावै अर्थात् सन् २०१७ को अन्त्यसम्म नष्ट गरिने एक उच्चपदस्थ रुसी सैनिक अधिकारीले बताए ।
रुसी सेनाको हात हतियार भण्डारण तथा रासायनिक हतियार मौज्दात विस्थापन केन्द्रका प्रमुख जनरल भ्यालरी कपासिनले बाँकी रहेका सबैथरी रासायनिक हातहतियार तथा उपकरणहरू सन् २०१७ को डिसेम्बर सम्ममा नष्ट गरिसक्ने जानकारी सञ्चार माध्यमहरूलाई बिहीबार दिएका छन् ।
सम्पूर्ण विश्वलाई नै रासायनिक हात हतियारमुक्त गर्ने उद्देश्यले वर्षौं अघि ठूला शक्तिराष्ट्र संलग्न एक अन्तर्राट्रिय रासायनिक हातहतियार विस्थापन सम्मेलन (केमिकल विपन्स कन्भेन्सन) को आयोजना गरिएको थियो ।
रुस पनि यस सम्मेलनद्वारा प्रतिपादित प्रतिज्ञापत्रमा हस्ताक्षर गर्ने राष्ट्रहरूमध्ये एक हो । उच्चपदस्थ अधिकारीका अनुसार रुसले हालसम्म आफ्ना रासायनिक हातहतियारको ९३ प्रतिशत अंश नष्ट गरिसकेको छ ।
रुसमा रासायनिक हातहतियार निर्माण गर्ने विश्वको सबैभन्दा विशाल कारखाना (आर्सनल) रहेकाले ठूलो परिमाणमा हातहतियार नष्ट गर्दा विगतका २० वर्षमा थुप्रै विस्थापन केन्द्र (प्लान्ट) हरू निर्माण गर्नका लागि ठूलो धनराशि खर्च भइसकेको पनि रुसले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा