
काठमाडौँ, ६ कात्तिक । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाई सबैको पहुँचमा पुरयाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रज्ञा ध्यान केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा धेरै नागरिकले पीडा भोग्नु परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले विभिन्न योगी तथा साधकले पत्ता लगाएका ध्यान भावनाले सर्वसाधारणलाई सद्विचार तथा शरीरलाई निरोगी बनाउने बताउँदै यस्तो ध्यानको अभ्यासले स्वस्थ समाज निर्माणका लागि सहयोग पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका अध्यक्ष नवीन बज्राचार्यले उक्त स्थानमा बौद्ध साहित्यमा आधारित विभिन्न ध्यानको अभ्यास गराइने जानकारी दिँदै सन्तुलित आहार र विहारले मानिसलाई निरोगी तथा दीर्घजीवी बनाउने बताउनुभयो ।
उक्त कार्यक्रममा दक्षिण कोरियाबाट आउनुभएका साधक तथा गुरुको समेत सहभागिता थियो ।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने