
काठमाडौँ, ५ कात्तिक । चालु आवको साउन महिनामा ८ दशमलव ६ प्रतिशत पुगेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौ महिनामा ७ दशमलव ९ प्रतिशतमा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आज जारी गरेको प्रतिवेदनका अनुसार समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थ, फलफूल, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, मसला, लत्ताकपडालगायतका सामग्रीको मूल्य भने अपेक्षित रुपमा घट्न सकेको छैन ।
चालु आवको दुई महिनासम्ममा कुल वस्तु निर्यात ७ दशमलव ७ प्रतिशतले वृद्धि भई कुल रु १३ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा १५ दशमलव २ प्रतिशतले कमी आएको थियो । यस अविधिमा भारततर्फ नौ, चीनतर्फ २४ दशमलव ५ र अन्य मुलुकतर्फ ५ दशमलव ५ प्रतिशतले निर्यात बढेको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात ४३ दशमलव ४ प्रतिशतले बढेर रु १४९ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दशमलव ५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ४९ दशमलव ८, चीनबाट भएको आयात २६ दशमलव २ र अन्य मुलुकबाट भएको आयात ३६ दशमलव ५ प्रतिशतले बढेको छ ।
यस अवधिमा कुल वस्तु व्यापार घाटा ४८ दशमलव १ प्रतिशतले बढी रु १३५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १७ दशमलव ८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव ८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ८ प्रतिशत रहेको थियो ।
अघिल्लो वर्षको दुई महिनासम्ममा रु ३८ अर्ब ४८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा व्यापार घाटा बढेको, विदेशी लगानीको लाभांश भुक्तानी उल्लेख्य रुपमा बढेको तथा वैदेशिक अनुदान घटेका कारण रु ११ अर्ब १२ करोडले घाटामा छ । अघिल्लो वर्षको दुई महिनासम्ममा रु ३१ अर्ब ८८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु तीन अर्ब ५० करोडले घाटामा छ । यस अवधिमा पुँजीगत ट्रान्सफर रु एक अर्ब ५४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु दुई अर्ब १९ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु दुई अर्ब ५१ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु ८३ करोड थियो ।
कुल विदेशी विनिमय असार मसान्तको रु १० खर्ब ३९ अर्ब २१ करोडबाट ० दशमलव ६ प्रतिशतले कमी आई भदौ मसान्तमा रु १० खर्ब ३२ अर्ब ७० करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु आठ खर्ब ८७ अर्ब एक करोडको तुलनामा २०७३ भदौ मसान्तमा ० दशमलव ८ प्रतिशतले कमी आई रु आठ खर्ब ८० अर्ब १६ करोड रहेको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थामा (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु एक खर्ब ५२ अर्ब २० करोडको तुलनामा ० दशमलव २ प्रतिशतले वृद्धि भई रु एक खर्ब ५२ अर्ब ५५ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२ दशमलव ४ प्रतिशत छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त