पेरिस (फ्रान्स), २ कात्तिक । फ्रान्सका रक्षामन्त्री जाँ भेस लेड्रियानले मङ्गलबार फ्रान्सको राजधानी पेरिसमा आयोजित एक कार्यक्रममा इराकी सहर मोसुलमा इस्लामिक स्टेट (आईएस) विरुद्धको कारबाही चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
मोसुल क्षेत्रमा आईएस समूहको सशक्त सङ्गठन रहेको र यसलाई विश्वभरका गतिविधि सञ्चालन गर्न एक आधार इलाकाका रुपमा आईएसले प्रयोग गर्दै आएकाले कारबाही कैयौँ हप्ता अर्थात् महिनौँ लम्बिनसक्ने भनी प्रतिक्रिया दिनुभएको छ ।
फ्रान्सका रक्षामन्त्रीको यो भनाई इराकी फौजले मोसुलमा आक्रमण सुरु गरेको ठिक एक दिन पछि आएको छ । इराकी फौजले सोमबारदेखि मोसुल विद्रोहीबाट पुनः नियन्त्रणमा लिन कारबाही चलाएको छ । यसका लागि इराकले करिब ३० हजार सैनिकलाई प्रयोग गर्नेछ । यो इराकी सेनाले सन् २०११ मा अमेरिकी सेनालाई फिर्ता पठाएपछि आईएस विद्रोहीविरुद्ध थालिएको विशाल कारबाही हो ।
इराकी सेनालाई हवाई तथा स्थल कारबाहीमा सहयोग गर्दै आएको अमेरिकी सेनाले पनि मोसुल विद्रोहीको कब्जाबाट फिर्ता गर्ने लडाइँ लामो र जटिल हुने भनी प्रतिक्रिया जनाएको छ ।
यसैबीच मोसुलको राजनीतिक भविष्यलाई लिएर फ्रान्सले आगामी मङ्गलबार एक अन्तर्राष्ट्रिय बैठकको आयोजना गर्ने फ्रान्सका रक्षामन्त्रीले जनाउनुभएको छ ।
बैठकमा इराकमा आईएस विरुद्धको लडाइँमा सैनिक गठबन्धनमा सम्मिलित राष्ट्रका रक्षामन्त्रीहरुले सैनिक कारबाहीबारे मूल्याङ्कन गरी अघि बढ्ने योजना रहेको बताइएको छ ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई