
एडेन (यमन), २ कात्तिक । अन्तर्राष्ट्रिय समुदायबाट यमनमा जारी द्वन्द्वको अन्त्यका लागि पहल गर्न दबाब दिइरहेका बेला संयुक्त राष्ट्रसङ्घले द्वन्द्वबाट विक्षिप्त बनेको यमनमा आगामी बिहीबार बिहानैदेखि युद्धबिराम हुने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घद्वारा प्रस्तावित युद्धबिरामका पहलमा यमनी राष्ट्रपति अबेद्रेब्बो मन्सुर हाडीको सरकार र यसका साउदी समर्थकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
तर यमनी राजधानी सानासहित राज्यका केही महत्वपूर्ण सहर समेत कब्जामा लिइसकेकोे इरानद्वारा सहयोग प्राप्त विद्रोहीले भने मङ्गलबारसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
गत अप्रिलमा यमनमा जारी द्वन्द्व अन्त्यका लागि भएको युद्धबिराम पुनः अक्टोबर २९ देखि कार्यान्वयनमा ल्याउन पहल गरिएको राष्ट्रसङ्घका यमनीस्थित प्रतिनिधि इस्माइल वल्ड शेख अहमदले बताउनुभयो ।
युद्धबिराम सुरुमा ७२ घण्टाका लागि घोषणा भएको र यसलाई सहमति निर्माण गर्दै क्रमशः यमनको स्थायी शान्तिमा परिणत गरिने गरी निर्णय लिइने उहाँले बताउनुभयो ।
यमनमा सन् २०१४ देखि जारी द्वन्द्वका कारण सात हजार मानिसको ज्यान गएको र झन्डै ३५ हजार जनसङ्ख्या विस्थापित बनेको छ ।
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा