बनौलिम (भारत), २९ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिनबीच शनिबार अर्बौं डलर बराबरको ऊर्जा तथा प्रतिरक्षा प्रणालीका लागि सम्झौता भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी र रसियाली राष्ट्रपति पुटिनबीच ब्रिक्स सम्मेलन सुरु हुनुपूर्व भएको बैठकपछि भारतले रसियासँग पाँच अर्ब अमेरिकी डलर बराबरको एए ४०० ‘ट्राइअम्फ’ वायुरक्षा प्रणाली खरिद गर्ने घोषणा गरेको छ ।
भारत र रसियाबीच रक्षा प्रणाली सम्झौताका लागि करिब एक वर्षदेखि पहल जारी थियो ।
यसका साथमा भारत र रसियाबीच कामोव हेलिकप्टर बनाउनका लागि संयुक्त निर्माण सुविधानको व्यवस्था गर्ने साथै आधुनिक युद्धक जहाज (वारसीप) को निर्माण गर्ने कुरामा सहमति भएको छ ।
लामो दूरीको प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली एस ४०० ‘ट्राइअम्फ’ को खरिद भारत र रसियाबीचको अन्तर सरकारी सम्झौता सारिक दृष्टिकोणले महत्वपूर्ण भएको दुवै देशका अधिकारीले बताएका छन् ।
एए ४०० रक्षा प्रणालीले करिब ४०० किलोमिटर टाढासम्म आक्रमण र त्यति नै टाढाबाट आउने तोपलाई नष्ट गर्ने क्षमता राख्ने बताइएको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई