बनौलिम (भारत), २९ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिनबीच शनिबार अर्बौं डलर बराबरको ऊर्जा तथा प्रतिरक्षा प्रणालीका लागि सम्झौता भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी र रसियाली राष्ट्रपति पुटिनबीच ब्रिक्स सम्मेलन सुरु हुनुपूर्व भएको बैठकपछि भारतले रसियासँग पाँच अर्ब अमेरिकी डलर बराबरको एए ४०० ‘ट्राइअम्फ’ वायुरक्षा प्रणाली खरिद गर्ने घोषणा गरेको छ ।
भारत र रसियाबीच रक्षा प्रणाली सम्झौताका लागि करिब एक वर्षदेखि पहल जारी थियो ।
यसका साथमा भारत र रसियाबीच कामोव हेलिकप्टर बनाउनका लागि संयुक्त निर्माण सुविधानको व्यवस्था गर्ने साथै आधुनिक युद्धक जहाज (वारसीप) को निर्माण गर्ने कुरामा सहमति भएको छ ।
लामो दूरीको प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली एस ४०० ‘ट्राइअम्फ’ को खरिद भारत र रसियाबीचको अन्तर सरकारी सम्झौता सारिक दृष्टिकोणले महत्वपूर्ण भएको दुवै देशका अधिकारीले बताएका छन् ।
एए ४०० रक्षा प्रणालीले करिब ४०० किलोमिटर टाढासम्म आक्रमण र त्यति नै टाढाबाट आउने तोपलाई नष्ट गर्ने क्षमता राख्ने बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा