बैरुत, २८ असोज । सिरियाको अलेप्पो सहरमा विद्रोहीको बलियो प्रभाव रहेका जिल्लालाई लक्ष्यगरी शुक्रबार पनि सिरिया र रसियाली युद्धकविमान आक्रमण भएको मानवअधिकारवादी समूहले जनाएको छ ।
दर्जनौको सङ्ख्यामा भएको यो हवाई आक्रमण विश्वका शक्तिराष्ट्रहरु सिरियामा पुनः युद्धविरामको विषयमा नयाँ वार्ताको तयारी गरिरहेको बेलामा भएको जनाइएको छ ।
सिरियामा गत तीनदिन यता रसिया र सिरिया सरकारआवद्ध हवाई आक्रमण जारी रहेको र यसमा परी दर्जर्नौको सङ्ख्यामा सर्वसाधारण मारिएका छन् ।
शुक्रबार पनि विहानैबाट नै हवाई आक्रमण सुरु भएको बेलायतसँग आवद्ध मानवअधिकारीवादी समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का प्रमुख रामी अब्देल रहमानले जानकारी दिनुभएको छ ।
यस आक्रमणबाट तत्काल मानवीय क्षतिको एकिन सङ्ख्या भने प्राप्त नभएको रामीले बताउनुभएको छ ।
सिरियाली र रसियाली सरकारी सैनिकले पूरा अलेप्पो सहर नियन्त्रणमा लिनको लागि गत सेम्टेम्बर २२ देखि सुरु गरेको भीषण कारबाहीमा परी ७० बालबालिकासहित ३७० व्यक्तिको मृत्यु भईसकेको छ । पूर्वी अलेप्पो सन् २०१२ बाट नै सिरियाली विद्रोही समूहले कब्जा लिएका थिए ।
गत मङ्गलबार विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा सात बालबालिकासहित ५६ व्यक्तिको मृत्यु भएको अब्जरभेटरीका प्रमुृख रामीले बताउनु भएको थियो । त्यसैगरी बुधबार भएको हवाई आक्रमणमा १५ सर्वसाधारणको मृत्यु भएको थियो ।
सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो ।
सो जनआन्दोलन केही समयपछि गएर गृहयुद्धमा परिणत भयो । सो गृहयुद्ध हालसम्म पनि जारी रहेको छ र यसमा परी दुई लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने, लाखौँ व्यक्ति घाइते भएका छन् ।
लाखौँ व्यक्ति आफ्नो घरवास छोडी देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य छन् ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक