बेरुत, २६ असोज । सिरियाको दोस्रो सहर अलेप्पोमा विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी बुधबार गरिएको हवाई आक्रमण र गोली प्रहारमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको मानवअधिकारीवादी समूहले जानकारी दिएको छ ।
द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार यस आक्रमण परी घाइते भएका व्यक्तिहरुको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्यामा पनि बढ्ने अनुमान गरिएको छ ।
बेलायतसँग आवद्ध मानवअधिकारवादी समूह द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार बजार इलाकालाई लक्ष्यगरी यो बमबारी भएको थियो ।
गत मङ्गलबार पनि सिरियामा भएको हवाई आक्रमणमा चार जना बालबालिकासहित २७ व्यक्तिको मृत्यु भएको थियो ।
गत मङ्गलबार नै सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पोमा विद्रोहीले गरेको गोली प्रहारमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका थिए ।
सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असादको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो ।
सो जनआन्दोलनपछि गएर जनयुद्धमा परिणत भयो । सो गृहयुद्ध हालसम्म पनि जारी रहेको छ र यसमा परी दुई लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने लाखौँ व्यक्ति घाइते भएका छन् ।
लाखौँ व्यक्ति आफ्नो घरवास छोडी देशभित्र र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य छन् ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक