बेरुत, २६ असोज । सिरियाको दोस्रो सहर अलेप्पोमा विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी बुधबार गरिएको हवाई आक्रमण र गोली प्रहारमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको मानवअधिकारीवादी समूहले जानकारी दिएको छ ।
द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार यस आक्रमण परी घाइते भएका व्यक्तिहरुको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्यामा पनि बढ्ने अनुमान गरिएको छ ।
बेलायतसँग आवद्ध मानवअधिकारवादी समूह द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार बजार इलाकालाई लक्ष्यगरी यो बमबारी भएको थियो ।
गत मङ्गलबार पनि सिरियामा भएको हवाई आक्रमणमा चार जना बालबालिकासहित २७ व्यक्तिको मृत्यु भएको थियो ।
गत मङ्गलबार नै सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पोमा विद्रोहीले गरेको गोली प्रहारमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका थिए ।
सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असादको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो ।
सो जनआन्दोलनपछि गएर जनयुद्धमा परिणत भयो । सो गृहयुद्ध हालसम्म पनि जारी रहेको छ र यसमा परी दुई लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने लाखौँ व्यक्ति घाइते भएका छन् ।
लाखौँ व्यक्ति आफ्नो घरवास छोडी देशभित्र र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य छन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]