चितवन, २२ असोज । यही असोज ९ गते त्रिशूली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता हुनुभएका उहाँका भाइ मोहन घिमिरेको शव आज फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित त्रिशूली नदीमा उहाँको शव भेटिएको हो ।
काठमाडौँ महानगरपालिका, वडा नं १६ वनस्थली घर भएका घिमिरेको शव माझीले देखेपछि जिप्रका चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरसहितको टोली घटनास्थल पुगेको थियो ।
पर्समा रहेको परिचयपत्र र एटिएम कार्डबाट शवको पहिचान भएको प्रहरीले जनाएको छ । शव भरतपुरको शवगृहमा ल्याउने काम भइरहेको छ । उहाँका अर्का भाइ बेपत्ता हुनुहुन्छ । उहाँहरुको खोजीकार्य जारी छ ।
सो दुर्घटनामा परी उहाँकी आमासहित तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने चालकको काठमाडौँमा उपचार भइरहेको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक