काठमाडौँ, २१ असोज । चिकित्सा शिक्षामा सुधार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउनुपर्ने माग राखी त्रिवि शिक्षण अस्पतालमा अनशनरत प्राडा गोविन्द केसीले दसैँ अवधिभर आफ्नो अनशन स्थगन गर्नुभएको छ ।
अनशनरत अवस्थामा आज डा केसीले पत्रकार सम्मेलन गरी दसैँ अवधिभर आफ्नो अनशन स्थगित भएको घोषणा गर्नुभएको हो ।
विभिन्न माग राख्दै यही असोज १० गते प्राडा केसीले नवौँ आमरण अनशन सुरु गर्नुभएको थियो । सरकारले गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन बस्नुपरेको बताउनुभएको थियो ।
यसअघि यही असोज ३ गते नै अनशनको घोषणा गर्नुभएका उहाँले शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापत्र पठाएपछि एक हप्ता सरकारलाई समय दिई अनशन स्थगन गर्नुभएको थियो ।
डा केसीले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा वरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्ने, विचाराधीन विधेयक संसद्बाट फिर्ता लिनुपर्ने र आइओएमका भ्रष्टाचारीमाथि छानबिन र कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षामा सुधार गर्नुपर्नेजस्ता माग राख्दै आउनुभएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]