संयुक्त राष्ट्रसङ्घ, २० असोज । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेस संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट महासचिवका लागि बुधवार अनौपचारिकरुपमा छनौट हुनुभएको छ ।
“महासचिवका लागि हामीले एन्टोनियो गुटेर्रेसलाई छनौट गरेका छौं,” अक्टोबरका लागि राष्ट्रसङ्घको सुरक्षा परिषद्का अध्यक्ष रहनुभएका रुसका राजदूत भिताली चुर्किनले भन्नुभयो ।
औपचारिक मतदान भने स्थानीय समयाअनुसार बिहीबार बिहान १० बजे गर्ने तय भएको र अनौपचारिक तहबाट पारित नामलाई मतदानबाट पनि अनुमोदन गर्ने विश्वास लिइएको उहाँले बताउनुभएको छ
वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी सम्हाल्नु हुनेछ । उहाँले यसअघि राष्ट्रसङ्घ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाउनुभएको थियो ।
बुधवार सुरक्षा परिषद्को बैठकले छनौट गरेपछि अब उहाँको नाम परिषद्का १५ देशले मतदानमार्फत् औपचारिकरुपमा छनौट गर्नेछन् ।
परिषद्ले मतदानमार्फत छनौट गरेको व्यक्तिलाई १९३ देश नै सहभागी महासभाले अन्तिम अनुमोदन गर्नु पर्ने छ ।
उहाँको नामलाई अनुमोदन गर्नका लागि जातिसक्दो चाँडो महासभा बोलाउने तयारी भइरहेको महासभाका अध्यक्ष पिटर थोमसनका प्रवक्ताले जानकारी दिनुभयो ।
राष्ट्र सङ्घको महासचिवमा छानिनु भएका ६६ वर्षका गुटेर्रेसले आफ्नो छनौटका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन । उहाँ सन् १९९५ मा पोर्चुगलको प्रधानमन्त्री चुनिनुभएको थियो ।
“नयाँ महासचिव छनौट गर्ने यो निकै महत्वपूर्ण प्रक्रिया हो, हामीले उच्च जिम्मेबारीबोधका साथ त्यस प्रक्रियालाई अगाडि बढाइरहेका छौं ।” चुर्किनले थप्नुुभयो ।
यसैबीच ब्राजिल र अर्जेन्टिनाले गुटेर्रेस राष्ट्रसङ्घको नयाँ महासचिव छनौट प्रक्रियामा पर्नुभएको भन्दै उहाँलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई