
काठमाडाँै, २० असोज । काठमाडौँ महानगरपालिकाले दसैँलगत्तै वायोग्यास उत्पादनको कार्य सुरु गर्ने भएको छ ।
काठमाडौँ उपत्यकाको फोहोरको उचित व्यस्थापन गर्र्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले ग्यास निकाल्नका लािग जैविक फोहोर राखी परीक्षणको काम भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । “दसैँलगत्तै पूर्णरुपमा बायोग्यास निकाल्ने काम हुन्छ”– कार्कीले भन्नुभयो ।
कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि श्रेष्ठले कामपाको वडा नं २१, १२, १९ र २० मा सङ्कलन गरी छुट्याइएको कुहिने र नकुहिने फोहरबाट दैनिक ३०० टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने महानगरको तयारी छ ।
बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाले २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलो नमुना परियोजना हो । यो योजना सफल भएमा अन्य स्थानमा पनि यसलाई विस्तार गरिने कामपाले जनाएको छ ।
फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न लागिएको हो । दिगोरूपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ । कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]