
काठमाडौँ, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा संविधान संशोधनको कार्य अगाडि बढाउँदा देशलाई हिन्दू राष्ट्र कायम गर्ने प्रक्रिया पनि अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
पार्टीको चन्द्रागिरि नगर कमिटीले दसैँ, नेपाल संवत्, तिहार, छठलगायत पर्वका अवसरमा आज आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले करिब ८२ प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएको मुलुकमा उनीहरुको भावनाअनुसार हिन्दू राष्ट्र हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मुलुकमा वैदेशिक हस्तक्षेप तीव्र गतिमा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै राष्ट्रमा विद्यमान समस्या समाधानका लागि देश र जनताको आवश्यकताका आधारमा सबै दल जिम्मेवार भई अघि बढ्नुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले देशमा बसोबास गर्ने सबै जाति समुदायका पर्व तथा संस्कृतिलाई सबैले स्वीकार्ने परम्पराले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।
सोही पार्टीका युवा नेता देवेन्द्र प्रधानले स्थानीय निकायको अभावमा स्थानीय विकास तथा पूर्वाधार निर्माणका कार्यले गति पाउन नसकेको बताउँदै चाडो स्थानीय तहको निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभयो ।
चन्द्रागिरि नगर कमिटीका संयोजक प्रकाश थापाले चन्द्रागिरि क्षेत्रमा सबै जाति तथा समुदाय मेलमिलाप गरी बसेकाले पनि उक्त क्षेत्र समावेशी रहेको बताउँदै सबैका विभिन्न पर्वमा यस किसिमको सांस्कृतिक आदानप्रदान हुने गरेको जानकारी दिनुभयो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक