
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तरक्रियामा बोल्नुहुँदै । तस्बिर ः कृष्णराज गौतम, रासस
काठमाडौँ, १८ असोज । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रको सहमतिमा चाँडो शिखर सम्मेलनका लागि नेपालले भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा मन्त्री डा महतले सार्क सम्मेलन स्थगित भएपछि सरकारले सार्क राष्ट्रको अध्यक्षको नाताले सबैलाई सहज वातावरण बनाउन आग्रह गरेको जानकारी दिनुभयो ।
सार्कको बडापत्रमै सबैको सहमतिमा मात्रै सम्मेलन हुने व्यवस्था भएकाले सबै सदस्य राष्ट्रबीच सहमति हुनु अनिवार्य आवश्यक रहेको जानकारी दिँदै उहाँले भन्नुभयो–“चाँडोभन्दा चाँडो सबैको सहभागिता निश्चित हुने गरी सम्मेलन गर्न वातावरण बनाउन हामी पहल गर्छौं ।”
नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादको विरुद्धमा रहेको बताउँदै उहाँले नेपालले एउटाको भूमि अर्कोको विरुद्धमा प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।
मन्त्री डा महतले नेपालले भारत तथा चीन दुवैसँग सन्तुलित व्यवहार गर्नुपर्ने विचार व्यक्त गर्दै हामीले राष्ट्रियता र राष्ट्रिय स्वार्थको विषयमा कसैसँग पनि कुनै सम्झौता गरेका छैनौँ, भन्नुभयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्ति कूटनीतिक रुपमा महत्वपूर्ण रहेको बताउँदै केही दलले उक्त विज्ञप्तिले राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर टिप्पणी गरेकामा चिन्ता गर्नुभयो ।
उहाँले संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने क्रममा आफूले संविधान लोकतान्त्रिक, समावेशी रहेको विषयमा जोड दिएको जानकारी दिँदै संविधानमा असन्तुष्ट पक्षको भावना समेट्न संशोधनका लागि छलफल भइरहेको बताउनुभयो ।
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न