काठमाडौँ, १७ असोज । आतङ्ककारी हमलामा परी अफगानिस्तान काबुलमा मृत्यु भएकाका आफन्त र घाइतेले क्यानडा सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन सरकारसंग माग गरेका छन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सो घटनाका मृतकका आफन्त तथा घाइतेका परिवारले सरकारले अहिलेसम्म पीडितका बारेमा कुनै चासो नदेखाएको आरोप लगाए । झन्डै तीन महिनाअघि काबुलमा सो घटना घटेका थिए ।
घटनाका घाइते अमृत रोका क्षेत्रीले त्यहाँ क्यानडा सरकारका लागि नेपाली कामदारले काम गर्दा भएको उक्त घटनामा घाइते भएका तथा मृत्यु भएकाका परिवारलाई अहिलेसम्म राहत तथा आर्थिक सहयोग उपलब्ध हुन नसकेकाले सरकारलाई ठोस पहल गरिदिन माग गर्नुभयो ।
सोही घटनाका अर्का घाइते मोहनबहादुर थापाले घटनाका पीडितलाई उचित क्षतिपूर्ति तथा मृतकका आफन्तलाई नियमानुसार सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
मृतक विदुर सुवेदीकी श्रीमती गङ्गाले तीन महिनादेखि सहयोगका लागि सरकारी कार्यालय धाए पनि कर्मचारीले राम्रो व्यवहार नगरेको आरोप लगाउँदै पीडकलाई झन पीडा थप्ने काम गर्न नहुने विचार राख्नुभयो ।
क्यानडा मामिला अध्ययनसम्बन्धी संस्थाका प्रमुख दीपकमोहन भट्टराईले मृतकका आफन्तलाई र घाइतेलाई क्यानडा सरकारको तर्फबाट थप क्षतिपूर्ति दिलाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक भए क्यानडामै कानुनी लडाइँ लड्ने वातावरण पनि मिलाइने बताउनुभयो ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम