काठमाडौँ, १६ असोज । उद्योग मन्त्री नवीन्द्रराज जोशीले हाल बन्द अवस्थामा रहेका सार्वजनिक उद्योगलाई निजी क्षेत्रको सहभागितामा पुनः सञ्चालन गरिने बताउनुभएको छ ।
मन्त्री नियुक्त भएपछि आफूले गरेका कार्य र उपलब्धिका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने अभियानको थालनी नेपाल औषधि लिमिटेडबाट सुरु भइसकेको बताउनुभयो ।
आफू मन्त्री भएपछि सदनबाट सर्वसम्मतरुपले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र विकास ऐन पारित भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यसले मुलुकको औद्यौगिक विकासमा सकारात्मक वातावरण बनेको छ ।”
मन्त्रालयले कम्पनी ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको, ७५ जिल्लामा उद्यमी विकासका लागि प्रस्ताव आह्वान गरिएको र अनलाइन निर्देशिका स्वीकृत भएको जनाएको छ ।
हेटौँडा कपडा कारखानाको सञ्चालनको ‘मोडालिटी’ अध्ययन गर्न कार्यदल गठन भइसकेको बताउँदै मन्त्री जोशीले भन्नुभयो, “खानी सल्लाहकार समितिको गठन गरी खनिज अन्वेषण विकास एवम् भूगर्भ अनुसन्धान कार्य तथा नियमावली तथा नीतिमा समसामयिक सुधार गर्न कार्यदल गठन गरेका छौँ ।”
मन्त्रालयले खानी सञ्चालनका लागि अनुमतिपत्र लिने तर काम सुरु नगर्नेलाई अनुमतिपत्र रद्द गर्नेसम्मको कारबाही गर्ने बारेमा गृहकार्य गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा उद्योग सचिव शङ्करप्रसाद कोइरालाले विगतका राम्रा कामलाई निरन्तरता दिई नयाँ अभियानका कार्यलाई परिणाममुखी बनाउन समग्र उद्योग प्रशासनलाई सुधार गर्दै लैजाने बताउनुभयो ।
मन्त्रालयले सांसद विकास कोषको केही रकम जिल्लामा उद्यमी विकासका लागि उपयोग गर्ने सम्बन्धमा सरोकारभएका निकायसँग छलफल गरिरहेको जनाएको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक