काठमाडौं। युनिसेफले काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिउडका चर्चित अभिनेता आमिर खान दक्षिण एशियाको पोषण दूत घोषणा गरेको छ। याक एन्ड होटलमा बिहीबार बिहान आयोजित कार्यक्रममा खानले पोषण दूत बनाएकोमा निकै उत्साहित बनेको बताए।
खानले पाँच वर्षअघिदेखि भारतमा पोषणदूतको काम गर्दै आएको बताए। ‘करिव ५ वर्षअघि विभिन्न राजनीतिक दलका सासदहरुले आएर मलाई कुपोषणविरुद्धको अभियानमा संलग्न हुन आग्रह गर्नुभयो,’ खानले भने, ‘यस समयदेखि यसको महत्व बुझ्ने अवसर प्राप्त गरे।’
खानले गर्भबाट शुरु हुने दिनदेखि नै शुरुहुने हजार दिन बालबालिकाको पोषणका लागि महत्वपूर्ण हुने हुँदा गर्भवती आमाको स्वास्थ्य तथा पोषणमा ध्यान दिनु पर्नेमा जोड दिए। ‘हाम्रोमा महिलाले परिवारका सबैले खाएपछि उब्रिएको खाने चलन छ’ खानले भने, ‘गर्भवती महिलाको स्वास्थ्यमा ध्यान दिनु परिवारका सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो।’
खानमा आर्थिक असमानता निकै रहेको कारण समस्या देखिएको भन्दै बालबालिकाको पोषणमा ध्यान दिनु सरकारको जिम्मेवारी भएको बताए। बालबालिकाको पोषणको चार चरणा हुने भन्दै खानले गर्भावस्था, शिशु जन्मेको २ दिनको पहेलो दुध, ६ महिनासम्म आमाको दुध र त्यसपछि शिशु २ वर्ष नहुन्जेलसम्मका लागि आमाको दुधका साथै पोषणयुक्त खाना खुवाउनु पर्ने बताए।
सोही कार्यक्रममा खान, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र सरकारी अधिकारीहरुले ‘सुनौली हजार दिन’ कार्यक्रमको संयुक्त रुपमा औपचारिक शुरुवात गरेका छन्। कार्यक्रममा बोल्दै खड्काले सबै मानिस एक दिन आमा बुबा बन्ने भन्दै बालबालिकाको पोषणका लागि विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी हुुन खान मंगलबार नेपाल आएमा हुन्। बुधबार कपिलबस्तुमा पुगेर उनले पोषण सम्बन्धी कार्यक्रमको जानकारी लिएका थिए।
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान